Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारतत्कालै राहात र अत्यावश्यक सेवाकाे सुनिश्चितता गर्नु, नागरिकले खुला आकास मुनि बस्न नपराेस् – गृहमन्त्री लेखक

    तत्कालै राहात र अत्यावश्यक सेवाकाे सुनिश्चितता गर्नु, नागरिकले खुला आकास मुनि बस्न नपराेस् – गृहमन्त्री लेखक


    ललितपुर/२० असाेज, गृहमन्त्री रमेश लेखकले खाेज उद्धारका साथै तत्कालै राहात र अत्यावश्यक सेवाकाे सुनिश्चितता गर्नु भन्नुहुँदै नागरिकले खुला आकास मुनि बस्न नपराेस्मा ध्यानाकर्षण गराउनुभएकाे छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज आइतबार जिल्ला विपद व्यवस्थापन समितिकाे वैठकमा निर्देशन सहित सम्बाेधन गर्नुहुँदै उहाँले बाटाे पुगेन भने हेलिकप्टेर प्रयाेग गरेर भएपनि राहात पुर्‍याउनुस् र दशैंमा पीडितलाई सहज बनाइदिनुुस् भन्नेमा जाेड दिनुभएको हाे ।
    “विपदकाे समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, यस जिल्लामा ४५ जनाकाे मृत्यु भएको तथ्यांक छ र सरकारले दिने दुई लाख राहत ३९ जनाले पाउनुभएकाे छ, बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन याेग्य लाभग्राहीकाे नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ।” उहाँले भन्नुभयो ।

    नागरिकले खुला आकास मुनि बस्न नपराेस् भन्नुहुँदै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउनुहुँदैन भन्नुभयो ।
    “एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहकाे जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाकाे समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस्।” गृहमन्त्रीले भन्नुभयो ।
    उहाँले अहिलेकाे संविधान कानूनले चार तहकाे संरचना तय गरेकाे भन्नुहुँदै चार वटै विपद व्यवस्थापनका संयन्त्रहरु जाेडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जाेड दिनुभयाे।
    “विपदमा संघ, प्रदेश र स्थानीय तह तीन वटै तहकाे विपद व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ,मानिसकाे आवगमन खाेल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस विरामी भएको ठाउँमा चिकित्सक पुर्‍याउन पनि गाह्रो छ, अत्यन्तै ध्यान दिएर काम गर्नुस्, विकल्पका लागि जसरी भएपनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टिकभैरबकाे पुल सञ्चालनमा लाग्नुस् । आफ्नोतर्फबाट गर्ने सबै काम गर्न हरहमेसा तयार छु ।” उहाँले भन्नुभयो ।
    विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पाेखरेलले घर पूर्ण क्षति भएकाहरुलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेकाे भन्दै तथ्यांक आएकाे तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयाे ।
    पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले विपद क्षेत्र घाेषणा भएको स्थानीय तहका सडकलाई ध्यान दिन आग्रह गर्दै  सडक सञ्चालन हुँदा विद्युत र सञ्चारका लागि सहज हुने बताउनुभयो । उहाँले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह गर्नुभयाे।
    ललितपुर क्षेत्र नं. २ का संघीय संसद प्रेमबहादुर महर्जनले भाैतिक क्षतिकाे विवरण खाेज्न मिहिन ढंगले लाग्नुपर्छ भन्नुभयो । उहाँले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्छ भन्दै सार्वजनिक खरिद ऐनले समस्या पार्ने ठाउँमा सहजीकरण गर्नुपर्छ भन्नुभयो ।
    बागमती प्रदेशका स्वास्थ मन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चारलाई ध्यान दिनुपर्याे भन्नुहुँदै राहातलाई कसरी छिटो पुर्‍याउन सकिन्छ भनेर ध्यान दिनुपर्याे भन्नुभयो ।
    ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र ६ जनाकाे मृत्यु भएको जानकारी गराउनुहुँदै विपद व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्ने गरी बजेट व्यवस्थापन गरेका छाैं भन्नुभयो ।
    उहाँले खाेलालाई संकुचित बनाउने कार्यले बिपत्ति निम्तिने गरेको हाे भन्नुहुँदै बागमती नदि लगायत अन्य खाेलाकाे उचाई बढ्दै जाँदा यसले समस्या आयाे भन्नुभयो ।
    गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाकाे मानवीय क्षति, १ सय ८ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी याेजनामा क्षति पुगेको जानकारी गराउनुभयाे । उहाँले नल्लु र बासुकीकाे खानेपानी तत्कालै सुचारू गर्नुपर्ने छ भन्नुहुँदै २७ वटा कल्भर्ट, ३ वटा पूल, २० वटा सडक खण्ड र २ सय १६ घरहरूमा क्षति पुगेको बताउनुभयो । उहाँले वटा नं. ७ देबिचाैरमा हालसम्म विद्युत र टेलिफोन सेवा पुग्न नसकेको जानकारी गराउनुभयाे।
    महालक्ष्मी नगरपालिका प्रमुख हरिगाेबिन्द श्रेष्ठले  पालिकाभित्र ७ जना मृत्युु भएको जानकारी गराउँदै वडा नं. ९ मा खानेपानीकाे समस्या रहेको,  वडा नं. १० सम्म जाने सडक मर्मत भैरहेकाे र प्रभावित क्षेत्रमा लागत संकलन गर्ने कार्य भैरहेकाे जानकारी गराउनुभयाे । महालक्ष्मी नगरपालिकाका वडा नं. १, ५ र ७ बढि प्रभावित भएको उहाँले जानकारी गराउनुभयाे।
    काेञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपदका कारण गाउँपालिकाभित्र खानेपानीकाे पाइपहरु पुरै क्षति भएको सञ्चार सम्बन्ध टुटेकाे जानकारी गराउनुभयाे । उहाँले पालिकाभित्र१५० घर पूर्ण रुपमा क्षति भएको, नल्लु र भारदेउका बस्तीहरु बगरमा परिणत भएको बताउनुभयो । उहाँले दुई वटा सामुदायिक र एउटा निजी विद्यालयमा क्षति भएको बताउँदै सबैभन्दा पहिलाे बाटाेघाटाे सञ्चालन गरि विद्युत र सञ्चारलाई व्यवस्थापन गरिनुपर्नेमा जाेड दिनुभयाे ।

    बैठकमा नेकपा माओवादीका जिल्ला अध्यक्ष शिव कट्टेल, नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषाेत्तम आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिब राजनप्रसाद घिमिरेलगायतले विपदले निम्त्याएको समस्या र समाधानका बारेमा जानकारी गराउनु भएको थियाे।
    प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै पुगेर राहात वितरणका काम गरिरहेका छाैं भन्नुहुँदै अस्थायी आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिन सक्छौं भन्नुभयो । उहाँले ललितपुरमा हालसम्म पनि ६ जना बेपत्ता अवस्थामा रहेकाे जानकारी गराउनुभयाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT