Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीतीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ – मुख्यमन्त्री लामा

    तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ – मुख्यमन्त्री लामा


    ललितपुर/ ०५ पुस : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ भन्ने बताउनुभएकाे छ ।
    ललितपुरको काेन्ज्याेसाेम गाउँपालिकाकाे कार्यालयमा आज विहिबार गाउँसभाकाे १५ओैं अधिवेशनकाे उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले संघ, प्रदेशबाट भएगरेका विकास निर्माणका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै त्यसको समुचित प्रयाेग र संरक्षणमा स्थानीय तहले ध्यान  दिनुपर्ने बताउनुभएको हाे ।
    ” हाम्रो एउटा प्रदेशबाट अर्को प्रदेशमा पुग्न ३०-४० किलोमिटरकाे सडकबाटै सम्भव छ, हरेक वर्ष ५ वटा सडकलाई मर्मत गर्याै भने पनि सहजै काम सम्पन्न हुन्छ, स्थानीय, प्रदेश र संघले बजेट राखेर बनाइएका फरकफरक याेजनाकाे मर्मत र संरक्षणमा सबैले ध्यान दिएमा मात्रै गरेको विकासले सार्थकता पाउँछ।” मुख्यमन्त्री लामाले भन्नुभयो ।
    उहाँले संविधानले परिकल्पना गरेअनुसार ठूलाठूला विकासका याेजनाका लागि संघ, मध्यम खालका प्रदेश र साना याेजनाका लागि स्थानीय तहले नैफकाम गर्न सक्ने व्यवस्था रहेकाे जानकारी गराउनुभयाे ।
    उहाँले विपदजन्य घटनाबाट वचन खाेलाका नजिकमा मानव बस्ती नराख्ने र सबै जना सचेत भएर विपदबाटबच्न काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
    ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले काेन्ज्याेसाेम गाउँपालिकाकाे समस्याको बारेमा संसदमा आवाज उठाउँदै पर्याप्त बजेट विनियोजनका लागि संघीय सरकारकाे ध्यानाकर्षण गराउने बताउनुभयाे ।
    जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जिल्लाकाे समुचित र समानुपातिक विकासकाे लागि आफू निर्वाचित भएदेखि नै आवाज उठाउँदै आएकाे बताउँदै ललितपुरको ग्रामीण भेगकाे सडक सञ्जालकाे विकास, मर्मतसम्भारका लागि संघ र प्रदेशसंग समन्वय गरिरहेकाे बताउनुभयो । उहाँले ललितपुरका तीन वटा गाउँपालिकाहरुकाे पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले पहिलाे प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
    काेन्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासन र पारदर्शितालाई दायित्वबाेध गर्नेगरी पालिकाका हरेक विकास निर्माण र सामाजिक उत्तरदायित्वका कामहरु गर्ने जानकारी गराउनुभयाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT