विदेशीको इशारामा चल्ने भूमिहीन सुकुम्बासी विरोधी सरकार आफूहरुलाई स्वीकार्य छैन : कालबहादुर विक
काठमाडौं, आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी संघ नेपालले शुसिला कार्की नेतृत्वको सरकारले भूमी आयोग खारेज गर्ने निर्णयको विरोध गरेको छ । भूमिहीन सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउनुको साटो भूमि आयोग नै खारेज गर्नु दुखद भएको संघले जनाएको छ ।
संघका अध्यक्ष कालबहादुर विकले आज विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको बिरुद्धमा भूमिहिन सुकुम्बासीहरुले सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
कार्की नेतृत्वको सरकार र बालेन शाहहरुले भूमिहीन सुकुम्बासी दलित र अव्यवस्थित बासोबासीलाई न्याय नदिने जस्तो क्रियाकलाप देखाइरहदा संघले त्यसको भत्र्सना गर्दै अब कडा आन्दोलनमा जाने चेतावनी संघका अध्यक्ष विकले दिएका छन् ।
वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाउँदै उनले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्न नचाहेको र जनता विरोधी सरकार आफूहरुलाई स्वीकार्य नभएको समेत उनले जनाएका छन् ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा सहितका दलहरुले आफ्ना आसेपासेलाई पुर्जा वितरण गर्दै आएको तर वर्तमान सरकारले वास्तविक गरिब, सुकुम्बासीलाई पुर्जा वितरण गर्नुको साटो गरिब, सुकुम्बासीकै विरोधमा लाग्नु दुखद भएको उनले जनाएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस