एमाले कास्की इन्चार्ज थापाको बैठकमा बोल्दै गर्दा हृदयघातबाट निधन
काठमाण्डौ | एमाले केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवनमा रहेको जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा दिउँसो एक्कासि ढलेपछि उहाँलाई मणिपाल अस्पताल पुर्याइएको थियो ।हाल उनको शव मणिपाल अस्पतालमै राखिएको छ ।
अस्पतालमा चिकित्सकले उपचारका लागि प्रयास गरे पनि उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।थापा एमालेका सक्रिय नेता हुन् । पार्टीको कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनको निधन भएको खबरले पार्टी कार्यकर्ता तथा समर्थकहरूमा शोक छाएको छ ।
२०५४ सालमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । ०७९ सालमा उहाँ पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित हुनुभएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस