Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ७ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन् ।

    रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भए पनि कक्षा ‘जम्प’ गर्दा छुटेका अध्यायहरू अध्ययन गर्नुपर्ने बताएका हुन् ।

    उनले पार्टीलाई जिम्मेवार स्थानमा पुर्‍याउने क्रममा छुटेका राजनीतिक तथा संगठनात्मक विषयमा फर्केर हेर्नुपर्ने बताए । त्यसका लागि पार्टी नै उपयुक्त प्लेटफर्म भएको उनको भनाइ छ ।

    लामिछानेले राजनीतिक दलका निश्चित सिद्धान्त हुने भन्दै अनुशासनको सीमाभित्र रहेर नीति र विधिको पालना गर्दै अघि बढे पार्टी दीर्घकालसम्म बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताए ।

    पहिलो महाधिवेशनबाट निर्वाचित तथा हालै मनोनित नेताहरूको जिम्मेवारी आगामी पुस्ताका नेताहरूको भन्दा बढी रहेको उल्लेख गर्दै उनले नेतृत्वले प्रशिक्षण र अध्ययनमा पर्याप्त समय दिनुपर्ने बताए ।

    रास्वपा अहिले पार्टीको जग बसाल्ने चरणमा रहेको भन्दै लामिछानेले स्थापनाकालदेखिका नेता, संस्थापक तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको भूमिकाले पार्टीको भविष्य निर्धारण गर्ने बताए ।

    रास्वपा कसरी स्थापित भयो भन्ने विषयको हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक नरहेको उनको भनाइ थियो । पार्टीमा आइसकेपछि आफूहरूले के गरिरहेका छन् भन्ने विषयमा आमनागरिकदेखि विश्व समुदायसम्मले हेरिरहेको उनले बताए ।

    लामिछानेले अहिले राजनीतिक दलका गतिविधि स्थानीय विषयमा मात्र सीमित नरहेको पनि बताए । एउटा कोठामा भएको राजनीतिक निर्णय वा छलफलको प्रभाव विश्वका अन्य स्थानसम्म पर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय आयामलाई समेत बुझ्नुपर्ने उनको भनाइ थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

    काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको

    Techie IT