Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारबेलुन विष्पोट घटनाः गृहमन्त्रीद्धारा छानविन समिति गठन

    बेलुन विष्पोट घटनाः गृहमन्त्रीद्धारा छानविन समिति गठन


    काठमाण्डौं/ ४ फागुन,गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छाननिवन गर्न आठ सदस्यीय छानविन समिति गठन गर्नुभएको छ ।

    आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन भएको हो ।

    समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहनुभएको छ । साथै समितिमा एक जना विष्पोटक पदार्थ विज्ञ समेत हुनेछन् ।

    समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते हुनुभएको थियो । शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT