काठमाडौ| रहर वा बाध्यताले आफ्नो जन्मभूमि छाडि अन्यत्रै कर्मभूमि बनाउन जाने युवा युवतिहरूलाई आफ्नै गाउँमा उत्पादनसग जोडाउने उद्देश्यले तयार पारिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ को सम्पुर्ण कार्य सकिएको छ । धनकुटाको झिलिमिलेमा छायांकन गरिएको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा उजाडिएका हाम्रा गाउँ वस्तीहरू,ओझेलिएका चाडपर्व, रितिरिवाज, कला संकृतिहरूको संरक्षण र प्रवर्द्धनका लागि चरीत्रको माध्यमद्वारा यथार्थ परक विषयलाई चित्रण गर्न खोजिएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण गरिने गरि निर्माण भएतापनि उपयुक्त समयभावका कारण हाललाई “गाउँ फर्क” युटुब च्यानल मार्फत यहि बैशाख १ गते सोमबार साझ ७:३० बजे प्रशारण गरिने जानकारी निर्माणकर्ता एलवी कटवालले दिनु भयो। मेहनत र परिश्रमले आफ्नै गाउँबस्ति भित्र उत्पादन मूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुर्याउन सकिन्छ भन्ने सन्देश मूलक उद्धेश्यले तयार पारिएको यस टेलिश्रृंखलालाई बिश्वमणि घिमिरे र एलबी कटवालले संयुक्तरुपमा निर्देशन गरेका हुन। शंकर अधिकार घायलको शब्द,बिकास चौधरीको सङीत ,नारायण थापाको स्वर रहेको टेलिश्रृंखला ‘गाउँ फर्क’ मा मनमाया कटवाल, मुकुन्द मैनाली,लक्ष्मीनाथ तिमिल्सिना,अस्मिता बस्नेत,अशोक सिवाकोटी,मेलिना ठकुरी,दिवाकर घिमिरे,इच्छा सिह ठकुरी,प्रतीक्षा काफ्ले,चन्दा भट्टराई लगाएत स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।
गितान्जली योगिको श्रृंगार,राहुल राइको छायांकन रहेको टेलिश्रृंखलाको श्रृंखला निर्देशक चन्द्र भण्डारी हुन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस