Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ ३० शनिबार

    अपडेट
    गृहपृष्ठकृषिसुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल


    काठमाडौं । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ स्थानीय तहले आफूहरूका लागि विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित पालिकाले मल उठाउन आवश्यक पहल नगरेको जनाएको छ।

    मन्त्रालयले तत्काल मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई प्रत्यक्ष रूपमा मल बिक्री गरिने चेतावनी दिएको छ।

    मन्त्रालयका अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर र अछाम जिल्लाका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको रासायनिक मल उठाएका छैनन्।

    कैलालीमा गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल हालसम्म उठाएका छैनन्।

    यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४०० किलो मल नउठाएको तथ्यांकमा उल्लेख छ।

    अछाम जिल्लामा रहेका पाँच स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले पनि हालसम्म मल ढुवानी गरेका छैनन्।

    धान रोपाइँको मुख्य सिजन सुरु भइसकेको अवस्थामा स्थानीय तहबाट मल ढुवानी र वितरण प्रक्रियामा आवश्यक समन्वय नहुँदा किसानले मल अभावको समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। वर्षे धान रोपाइँको समय नजिकिँदै जाँदा मल वितरणमा भएको ढिलाइले कृषि उत्पादनमा समेत असर पर्ने जोखिम बढेको मन्त्रालयले जनाएको छ।

    सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनीमार्फत उपलब्ध हुने मलको ५२ प्रतिशत कैलाली र ३२ प्रतिशत कञ्चनपुर मा वितरण गरिने व्यवस्था छ। बाँकी १६ प्रतिशत मल डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, अछाम र डोटी लगायतका जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ।

    प्रदेशका ४३ स्थानीय तहमध्ये १७ पालिकाले मात्र रासायनिक मल उठाएका छन् भने २६ पालिकाले हालसम्म मल नलगेको मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयले किसानलाई समयमै मल उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आवश्यक समन्वय र वितरण प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    १ करोड ६० लाख कारोबारसंगै तेश्रो हर्टीकल्चर एक्स्पो सम्पन्न ।

    काठमाडौँ । पांच  दिनसम्म काठमाडौको भृकुटीमण्डपमा जारी चलेको नेशनल हर्टीकल्चर एक्स्पो २०८२ १ करोड २५ लाखको कारोबारसगै सम्पन्न भएको छ

    अण्डाको मूल्य बढ्यो

    चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ ।ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको

    बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला लुम्बिनीमा सुरु

    रुपन्देही/१९ मंसिर, लैङ्गिक सामाजिक समावेशी बाली अवशेष व्यवस्थापन सम्बन्धी दुई दिने बहुसरोकारवाला कार्यशाला बिहीबारदेखि लुम्बिनीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय

    आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

    काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन बिहीबार ४५ औँ विश्व खाद्य दिवस मनाउँदैछ ।कृषि

    डीडीसीमा दुग्ध किसानको धर्ना

    काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् ।लामो समयदेखि  भुक्तानी

    उखु किसान आन्दोलित,मागे अनुदानको निरन्तरता

    महोत्तरी । उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरूको माग छ

    Techie IT