Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ अन्तराष्ट्रिय ∕ आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको एसिया–प्रशान्त क्षेत्रीय तीन दिने सम्मेलन ललितपुरमा

    आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको एसिया–प्रशान्त क्षेत्रीय तीन दिने सम्मेलन ललितपुरमा


    ललितपुर, ८ असोज :आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको एसिया–प्रशान्त क्षेत्रीय तीन दिने सम्मेलन ललितपुरमा आज बिहिवारबाट सुरु भएको छ।
    राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) र एसिया–प्रशान्त आदिवासी अपाङ्गता भएका महिला सञ्जालको पहलमा आयोजित तीनदिने सम्मेलनमा नेपालसहित १५ देशका करिब ९० प्रतिनिधि सहभागी छन्।
    आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, नेतृत्व, सहभागिता र प्रतिनिधित्वलाई सुदृढ गर्दै एसिया–प्रशान्त क्षेत्रमा साझा आन्दोलन निर्माण गर्ने उद्देश्यसहित आयोजित तेस्रो क्षेत्रीय सम्मेलन असोज ८ देखि १० गते (सेप्टेम्बर २४–२६) सम्म सञ्चालन हुने निडवानका अध्यक्ष डाक्टर प्रतिमा गुरुङले जानकारी दिनुभयो।
    सम्मेलनमा नेपाल, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, भारत, जापान, केन्या, म्यानमार, मलेसिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, सामोआ, थाइल्यान्ड र टिमोर–लेस्टेका प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।
    अध्यक्ष डाक्टर गुरुङका अनुसार सम्मेलनले एसिया–प्रशान्त क्षेत्रका आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीलाई एकै ठाउँमा ल्याई उनीहरूको सामूहिक नेतृत्व, ऐक्यबद्धता र क्षेत्रीय आन्दोलनलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
    उनीहरूका आवाज, अनुभव र प्राथमिकतालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउँदै नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यसमेत सम्मेलनले राखेको छ।
    सम्मेलनको अवधारणापत्रमा विश्वभर करिब ४७ करोड ६० लाख आदिवासी जनसंख्या रहेको र त्यसमध्ये करिब १८ करोड ५ लाख महिला तथा किशोरी रहेको उल्लेख छ। विश्वव्यापी अपाङ्गताको औसत अनुपातलाई आधार मान्दा करिब ५ करोड ४० लाखदेखि ७ करोड १० लाखसम्म आदिवासी व्यक्ति अपाङ्गता भएका हुन सक्ने अनुमान गरिएको छ।
    त्यस्तै विश्वभर करिब २ करोड ८० लाख आदिवासी अपाङ्गता भएका महिला तथा किशोरी रहेको अनुमान गरिएको छ। एसिया–प्रशान्त क्षेत्रका विकासशील तथा कम विकसित क्षेत्रमा करिब ४ करोड ५० लाख आदिवासी अपाङ्गता भएका व्यक्ति रहेको अनुमान पनि अवधारणापत्रमा उल्लेख छ।
    विश्वभर ठूलो जनसंख्या रहे पनि आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरू आदिवासी अधिकार, अपाङ्गता अधिकार, महिला अधिकार, विकास तथा नीति निर्माणका क्षेत्रमा अझै पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको जनाएको छ। उनीहरूको आदिवासी पहिचान, लैङ्गिकता र अपाङ्गतासँग जोडिएका अन्तरसम्बन्धित अवस्थाका कारण नेतृत्व, निर्णय प्रक्रिया, स्रोत र सेवामा पहुँचमा अवरोध रहेको डाक्टर गुरुङको भनाइ छ।
    तीनदिने सम्मेलनबाट आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको सामूहिक नेतृत्व र क्षेत्रीय आन्दोलन सुदृढ गर्ने, साझा आवाज तथा अनुभवलाई उजागर गर्ने र अन्तरदेशीय सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
    सम्मेलनले उनीहरूको अधिकार, दृश्यता, सहभागिता र प्रतिनिधित्व बढाउन साझा क्षेत्रीय प्राथमिकता तथा पैरवीका क्षेत्र पहिचान गर्नेछ। साथै सन् २०२६ देखि २०२८ सम्मका लागि साझा क्षेत्रीय एजेन्डा तयार गरी आगामी सामूहिक आन्दोलन तथा कार्यलाई दिशानिर्देश गर्ने लक्ष्य राखिएको छ।
    सम्मेलनमा अन्तर्राष्ट्रिय मापदण्ड र त्यसको आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीसँगको सान्दर्भिकता, क्षेत्रीय समुदाय निर्माण, आन्दोलनको इतिहास, समावेशी कार्यक्रम, पहुँच, सुरक्षा तथा आपत्कालीन सूचनालगायत विषयमा छलफल गरिनेछ।
    त्यस्तै आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीलाई मूलधारका महिला तथा अपाङ्गता अधिकार आन्दोलनसँग जोड्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संयन्त्रमा उनीहरूको पहुँच विस्तार गर्ने र एसिया–प्रशान्त क्षेत्रमा बलियो तथा समावेशी आन्दोलन निर्माण गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
    निडवानले सन् २०१५ देखि आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, नेतृत्व, दृश्यता र अर्थपूर्ण सहभागिताका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।
    तीनदिने सम्मेलनले विभिन्न देशका अनुभव, सिकाइ र अभ्यासलाई एकअर्कासँग जोड्दै साझा आवाज, साझा प्राथमिकता र साझा कार्यदिशा निर्माण गरी आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, नेतृत्व, आत्मनिर्णय र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई थप सशक्त बनाउने अपेक्षा आयोजकले गरेको छ।
    सम्मेलनको उद्घाटन समारोहमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, राष्ट्रिय सभाका सदस्य सुरेश आले मगर, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरलगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT