Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रबिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत रहेको स्वाथ्य बिमा बोर्डको दावी

    बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत रहेको स्वाथ्य बिमा बोर्डको दावी


    काठमाडौं।स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए।

    बोर्डले २५ हजार ओपिडी सेवा र ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानका आधारमा एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ।

    बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ। सूचना अधिकारी मल्लले भन्नुभयो, ‘पाँच जनाको परिवारले वर्षभरिमा बढीमा दुई हजार ५०० बराबरको बहिरंग सेवा ९ओपिडी० सेवा लिन पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप पाँच हजार रुपैयाँ बराबरको ओपिडी सेवा कायम गरिएको छ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ। आज नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम

    सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य

    Techie IT