एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा
काठमाडौं / २७ पुस, ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो ।
म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ ।
माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।
अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ । ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ ५० औँ स्थानमा परिसकेको छ ।
एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेशनमा परिसकेकाले क्लबीङ् व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताउनुभयाे ।
व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उहाँको भनाइ छ ।
क्लब नोमिनेशनमा परेसँगै भोटिङ्ग अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिनुभयाे।
विगतका दिनमा जस्तै विभिन्न माध्यमबाट भोटिङ् अभियान चलाउने उहाँको भनाइ छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस