Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदखेलकुद विकासका लागि लगानी बढाउनु पर्ने जरूरी छ: नेता बस्नेत

    खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने जरूरी छ: नेता बस्नेत


    भक्तपुर|  नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु  भएको छ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख अतिथ्यतामा  अधिवेशन सम्पन्न भएको हो |

    आइतबार मध्यपुरथिमिमा आयोजित नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बाग्मती प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले खेलकुदको विकासले राज्यको नाम उच्च राख्न सघाउ पुग्ने बताए ।खेलकुदको विकासमा लगानी बढाउनु पर्ने बताए ।नेता बस्नेतले खेलकुदको विकासले राज्यको समग्र विकासमा टेवा पुग्ने भन्दै खेलकुदको विकासका लागि तीन तहकै सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए । लोकतान्त्रिक खेलकुद संघलाई जिल्ला, प्रदेश तहस्म्म बिस्तार गर्दै ७७ वटै जिल्लामा पुर्याउनु पर्ने औल्याउँदै उहाँले देश विदेशमा प्रतिस्पर्धा गरेर देशका लागि पदक जित्न सक्ने खेलाडी उत्पादनमा संघ लाग्नु पर्ने बताएका छन्  ।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा अष्ट कवेँलाई पुन निर्वाचित गरेको गरेको छ ।कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष अष्ट कवेँले खेलकुद क्षेत्रमा मात्रै धनी, गरिब र बिनाभेदभाव सबै अट्ने भएकाले यसको विकासमार्फत सबैको समान सहभागिता सुनिश्चित गर्न सकिने बताए ।

    यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ त सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ । यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत. केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ सुक्रबहादुर माझी, तेजनारायण पसछे, बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र सुनकुमारी लामा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ |

    कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तरराष्ट्रिय  बुदो मार्सल आट्र्स प्रतियोगितामा ‘गोल्ड मेडल’ प्राप्त गर्ने खेलाडी तथा ‘रेफ्री’लाई नगदसहित सम्मान गरिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    Techie IT