Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै विभिन्न ९ संगठनको विरोध प्रदर्शन

    सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै विभिन्न ९ संगठनको विरोध प्रदर्शन


    काठमाण्डौ/ १ असोज,गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै विभित्र ९ वटा संगठन सम्मीलित बृहत् मोर्चाद्वारा आज कुपण्डोल पुल मुनिबाट हजारौंको संख्यामा विशाल विरोध प्रदर्शन गर्दै मशाल जुलुस निकालिएको छ। कुपण्डोल पुल देखि थापाथली हुदै त्रिपुरेश्वर हुदै बागमती हुदै पुन: कुपण्डोल पुगि सम्पन्न भएको छ।

    गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजक तथा राष्ट्रिय मुक्ति क्रान्तिका चर्चित युवा नेता सुमन सायमीले औपनिवेशिक राज्यले उपत्यकावासीलाई उठिवास गराउन खोजेको षड्यन्त्रको आफुहरुले पर्दाफास गर्ने बताए। अनावश्यक विकास पनि विनाश हो । धर्म, संस्कृति, सभ्यता तथा पहिचान माथि गर्न खोजिएको आक्रमणको कडा प्रतिकार गर्ने बताए । साथै असोज ३ गते १०:०० बजे माइतीघर मण्डलामा हुने विशाल जनप्रदर्शनमा सहभागी हुन आम जनतालाई आग्रह पनि गरेका छन। कार्यक्रममा अन्य संगठनहरुका नेता र प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा केशव झा, रबिन्द्र कुमार श्रेष्ठ, जुनतारा पुन मगर, बुद्धराज स्याङतन, राजाराम तण्डुकार, अनिल महासेठ,रिषि ब्स्याल लगायतको उपस्थिति रहेको थियो।

    यसै बीच सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा विभिन्न तीन कारणले जटिलता हुने जिकिर गरेको छ ।सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव फडिन्द्र गौैतमले फैसला पुनरवलोकनको निवेदन सोमबार दर्ता गरेका हुन् । २०८० पुसमा सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै तीन वटा तर्क अघि सारेर सरकारले पुनरवलोकनको निवेदन दिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT