Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठबिचारसामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ

    सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ


    -शोभाखर भण्डारी

    सुनसरी जिल्लाको कप्तानगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनावको समाचारले एउटा पुरानो प्रतीकात्मक कथा सम्झाउँछ। कथाअनुसार कागका बच्चाहरूले मानिसको मासु खान इच्छा व्यक्त गरे। त्यसपछि काग आमाले एउटा मस्जिदमा सुँगुरको मासु र एउटा मन्दिरमा गाईको मासु खसालिदिइन्। भोलिपल्टदेखि दुई समुदायबीच विवाद सुरु भयो, मानिसहरू मारिन थाले, र अन्ततः कागले तिनै मृत मानिसहरूको मासु आफ्ना बच्चाहरूलाई खुवाइन्।
    यो केवल एउटा प्रतीकात्मक कथा हो। तर यसले गहिरो सन्देश दिन्छ—समाजमा हुने प्रत्येक द्वन्द्वको मूल्य अन्ततः आम नागरिकले नै चुकाउँछन्, जबकि त्यसबाट लाभ उठाउनेहरू प्रायः पर्दापछाडि लुकेका हुन्छन्। त्यसैले कुनै पनि साम्प्रदायिक तनाव वा विवादलाई हेर्दा संयमता, विवेक र सतर्कता अपनाउनु आवश्यक छ।
    सुनसरीको घटनाको वास्तविक कारण र तथ्य सम्बन्धित निकायको अनुसन्धानबाट स्पष्ट हुँदै जाला। तर यस्ता घटनाले हामीलाई एउटा महत्वपूर्ण कुरा अवश्य सम्झाउँछन्—सामाजिक सद्भाव भत्काउने प्रयास जहाँबाट भए पनि त्यसप्रति सचेत रहनुपर्छ। नेपाल विविध जाति, भाषा, संस्कृति र धर्मको साझा फूलबारी हो। यहाँ हिन्दु, मुस्लिम, बौद्ध, किराँत, इसाईलगायत सबै समुदायका मानिसहरू शताब्दीयौँदेखि मेलमिलापका साथ बस्दै आएका छन्। यही सहअस्तित्व र पारस्परिक सम्मान हाम्रो राष्ट्रिय शक्ति हो।
    नेपालमा विगतका विभिन्न कालखण्डमा जातीय भावना, क्षेत्रीय भावना वा पहिचानका मुद्दालाई प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भएका आरोपहरू लाग्दै आएका छन्। इतिहासले देखाएको छ कि विभाजनको आधारमा उभिएका धेरै अभियान र राजनीतिक रणनीतिहरू अन्ततः सफल हुन सकेनन्। समाजलाई टुक्र्याएर प्राप्त गरिने उपलब्धि कहिल्यै दीर्घकालीन हुँदैन।
    आजको सन्दर्भमा अझ बढी सतर्क हुनुपर्ने विषय धर्मका नाममा हुने ध्रुवीकरण हो। जातीय विभाजनभन्दा धार्मिक विभाजन अझ संवेदनशील र खतरनाक हुन सक्छ, किनकि यसले समाजको आधारभूत विश्वास, सहअस्तित्व र सामाजिक सद्भावमाथि प्रत्यक्ष प्रहार गर्छ। यदि कुनै स्वार्थी समूह वा व्यक्तिले धर्मका नाममा नेपाली समाजलाई विभाजित गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ भने त्यो कुनै एक समुदायको मात्र होइन, समग्र राष्ट्रकै लागि गम्भीर चुनौती हो।
    त्यसैले आजको आवश्यकता आरोप–प्रत्यारोप होइन, संवाद र समझदारी हो; उत्तेजना होइन, संयम हो; अफवाह होइन, सत्य र प्रमाणमा आधारित सूचना हो। सामाजिक सञ्जालमा फैलिने अपुष्ट वा भ्रामक सूचनालाई आधार बनाएर सामाजिक सद्भाव भङ्ग गर्ने कार्य कसैले पनि गर्नु हुँदैन।
    हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो। जात, धर्म, भाषा र संस्कृतिको विविधताभित्र रहेको नेपालीपन नै हाम्रो साझा पहिचान हो। यदि हामी सजग रह्यौँ, एकअर्काको सम्मान गर्यौँ र विभाजनका सबै प्रयासलाई अस्वीकार गर्यौँ भने कुनै पनि शक्तिले नेपाली समाजको एकता भत्काउन सक्नेछैन।
    सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै समृद्ध नेपालको आधार हो। त्यसैले भाइ–भाइबीचको द्वन्द्व होइन, भाइचाराको भावना बलियो बनाऔँ। विभाजन होइन, एकताको बाटो रोजौँ। यही आजको आवश्यकता हो, यही राष्ट्रप्रतिको हाम्रो साझा जिम्मेवारी पनि हो।

    (लेखक भरतपुर महानगरपालिका -२६, चितवनका मेलमिलाप समितिका संयोजक हुनुहुन्छ ।)




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    सिन्धु त्रिवेणीघाटको सम्भावना  

    मेलम्ची / सिन्धुपाल्चोकको त्रिवेणीघाटको त्यति चर्चा गरिएको पाइन्न । मेलम्ची नगरपालिकाको सिन्धु उपत्यकामा अवस्थित प्रसिद्ध त्रिवेणीघाटको धार्मिक महत्व ज्यादा छ

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical…

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon By _ LAVISH JUNG GURUNG   For millennia, gold

    पार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय

    काठमाण्डौं/ ३१ भदौ ,आश्विन-कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ।

    नेपालीहरुमा विदेशी मोह: जनशक्तिसंगै पूँजी पलायन

    काठमाडाैं/ २५ भदौ, पछिल्ला समय नेपालीहरुमा विदेशी मोह बढ्दाे अवस्था रहेको छ । पैसा हुने हाेस् या नहुने हुन्, धनी

    पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका पाण्डेको विकासका लागि टान हाँक्ने…

    ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभा आगामी भदौ १७ गते हुँदैछ ।

    Techie IT