Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित

    नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित


    काठमाडौं।ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ।आइतबार सुपर-६ को खेलमा नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्यो।युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। बलिङमा दीपेन्द्रसिंह ऐरी थिए भने ब्याटिङमा युएईका ध्रुव परासर र जाहिद अली थिए। पहिलो बलमा अलीले एक रन लिए। दोस्रो बलमा परासरले रन लिन सकेनन्।तेस्रो बलमा परासरले दीपेन्द्रलाई छक्का प्रहार गरे। त्यसपछि युएईलाई तीन बलमा तीन रन चाहियो। तर चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराए।

    त्यसपछि युएईलाई दुई बलमा तीन रन चाहियो। पाँचौ बलमा रन लिने क्रममा हैदर अली रनआउट भए। अन्तिम बलमा दुई रन लिने क्रममा जाहिद अलि पनि रन आउट भएपछि युएईले १३९ रन मात्र जोड्न सक्यो भने खेल नेपालले एक रनले जित्यो।नेपालले अन्तिम ओभरको अन्तिम तीन बलमा विकेट लिँदा जित सम्भव भयो। जसमा अन्तिम दुई विकेट रनआउट मार्फत् प्राप्त भयो।

    युएईका लागि महत्वपूर्ण योगदान दिएका परासरले १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनको योगदान गरे। त्यसअघि युएईका लागि अलिसन सराफुले ४० बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन जोड्दा नेपालमाथि दबाब बढेको थियो।बलिङमा नेपालका दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। एक महत्वपूर्ण रनआउट सहित ३ विकेट लिएका दीपेन्द्र प्लेयर अफ दि म्याच भए।सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १-१ विकेट लिए।१९औं ‌ओभरमा दबाबको स्थितिमा नन्दन यादवले पहिलो पाँच बलमा ६ रन दिए पनि अन्तिम बलमा छक्का खाएका थिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १४० रन जोड्यो।

    नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा खेलेर ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्काको मद्दतमा २८ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भयो।कप्तान रोहितकुमार पौडेल २० रन, दीपेन्द्रसिंह ऐरी १ रन र कुशल मल्लले १० रन मात्र जोडे। गुल्सन झाले ५ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाए। सन्दीप जोरा ४ रन र सोमपाल कामी ६ रनमा नटआउट रहे।बलिङमा युएईका ६ जना बलरले समान १-१ विकेट लिए।

    नेपालको सुपर-६ मा २ खेलबाट ४ अंक भएको छ भने शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ।अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी(मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    Techie IT