Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यकाठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु

    काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु


    काठमाडौं  । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।

    यसबाट हुने जोखिम घटाउन सरकारले स्थानीय तहसँग समन्वय गरेर खोप सेवा प्रदान गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ । यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।

    पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजार कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताइन् ।

    ‘अघिल्लो वर्षबाट सुरु गरिएका थियौ । पहिले यो खोप पैसा तिरेर लिइरहनु भएको थियो भने अहिले निशुल्क विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमबाट धेरैभन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस् भन्ने चाहान्छौ।’

    डंगोलले स्थानिय सरकारको सहकार्यमा खोप लगाउने अभियान देशैभरी भइरहेको जानकारी समेत दिइन् । ‘आज एचपीभी भाइरसको खोप उल्लासका साथमा देशैभरी विभिन्न ठाउँमा विशेषगरी स्थानिय सरकारको सहकार्यमा खोप लगाउने कार्यक्रम भईरहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा…

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको

    उपराष्ट्रपति यादव अस्पताल भर्ना

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    काठमाडौँ । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८

    आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदै

    काठमाडौँ ।विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ

    निपाह भाइरसको संक्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

    कञ्चनपुर : छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ।भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच

    Techie IT