दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं।दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।महाअभियानसँग वार्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको छ।
समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पठाएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।यसअघि सरकारले प्रसाईंसँग मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ६ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस