Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिहर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ

    हर्क राईको माग : प्रधानमन्त्रीको निजी भ्रमणबारे संसद्मा जवाफ दिनुपर्छ


    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको भनिएको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमणलाई पूर्ण रूपमा निजी भन्न नमिल्ने भन्दै भ्रमणको उद्देश्य र विवरण सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत जाने भएकाले निजी भ्रमणका विषयमा संसद् र मन्त्रिपरिषद्लाई जानकारी गराउनुपर्ने बताए ।

    उनले प्रधानमन्त्री कहाँ र के उद्देश्यले भ्रमणमा गएको भन्ने विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

    त्यस्तै, सांसद राईले विपद्का कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहक्षेत्र क्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराए ।

    कोशी ब्यारेजका ५६ वटै ढोका नखोलिँदा बाढीका समयमा समस्या बढिरहेको दाबी गर्दै उनले त्यसको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । प्रत्येक वर्ष सप्तकोशीका कारण खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या समाधान गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ थियो ।

    राईले नाबालिकामाथि हुने बलात्कार तथा हत्याका घटनाप्रति पनि सरकार गम्भीर बन्नुपर्ने बताए । कानुनका कमजोरीको फाइदा उठाउँदै अपराधी खुलेआम हिँड्ने अवस्था अन्त्य गर्न बलात्कारसम्बन्धी कानुनी व्यवस्था स्पष्ट बनाउनुपर्ने र दोषी प्रमाणित भएकालाई कडा तथा निर्मम सजाय दिनुपर्ने उनले माग गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT