Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री बालेन्द्र शाहको कडा टिप्पणी: शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने घोषणा

    प्रधानमन्त्री बालेन्द्र शाहको कडा टिप्पणी: शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने घोषणा


    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि विभिन्न संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ जस्तै बनेको आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको आधारमा अवसर बाँडिँदा राज्य प्रणालीप्रति जनविश्वास कमजोर भएको बताएका छन्।प्रधानमन्त्री शाहका अनुसार धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र सर्वसाधारणले लामो समयदेखि विद्यार्थी संगठन र कर्मचारीतन्त्रको राजनीतिकरणप्रति प्रश्न उठाउँदै आएका छन्। उनले यी संरचनाहरू दलगत प्रभावमा परेर मूल उद्देश्यबाट विचलित भएको टिप्पणी गरेका छन्।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट अलग गर्ने एजेन्डा संगठन विस्तारका लागि नभई प्रणाली सुधारका लागि भएको स्पष्ट पारेका छन्।शाहले शिक्षालयमा दलगत झण्डा निषेध गर्ने र कर्मचारीतन्त्रमा राजनीतिक झोला निषेध गर्ने नीति अघि बढाइने बताएका छन्। उनका अनुसार यसले पेशागत स्वतन्त्रता कमजोर पार्ने होइन, बरु अझ सुदृढ बनाउनेछ।

    उनले नियुक्ति, सरुवा र बढुवामा अब राजनीतिक निकटता होइन, योग्यता, क्षमता र विधि मुख्य आधार हुनुपर्नेमा जोड दिएका छन्।प्रधानमन्त्री शाहले विद्यार्थीले राजनीति सिक्दा शैक्षिक वातावरण र गुरुबाट सिक्नुपर्ने, तथा कर्मचारीले कुनै दलको प्रभाव होइन, जनसेवाको मूल्य सिक्नुपर्ने बताएका छन्।

    उनले यो अभियान कुनै दलविरुद्ध नभई राज्य संस्थाहरूलाई सुदृढ बनाउने प्रयास भएको दाबी गर्दै आवश्यक अध्यादेशमार्फत सुधार अघि बढाइएको जानकारी दिएका छन्। अन्त्यमा उनले नागरिकसँग विश्वास र साथको अपेक्षा गर्दै परिवर्तन भाषणले होइन, निर्णय र कार्यान्वयनबाट आउने बताएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT