Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रआज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने अनुमान


    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले यसप्रति विशेष चासो बढेको छ ।

    सरकारले रास्वपाको ‘वाचापत्र’लाई मुख्य आधार बनाएर बजेट तयार पारेको जनाएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले तय गरेको १८ खर्ब ९० अर्ब रुपैयाँको प्रारम्भिक सीमा नाघेर सरकारले करिब २१ देखि २२ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

    चालु आर्थिक वर्षमा अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको र करिब डेढ खर्ब रुपैयाँ घाटा रहेको अवस्थामासमेत सरकारले जनआकांक्षा सम्बोधन गर्ने लक्ष्यसहित महत्वाकांक्षी बजेट ल्याउन लागेको हो ।

    बजेटमा आगामी ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबर पुर्‍याउने तथा १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्य समेटिने जनाइएको छ ।

    यसपटकको बजेटमा सुशासन, डिजिटल नेपाल, सूचना प्रविधि र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइने भएको छ । सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै स्टार्टअप व्यवसायका लागि बीउ पूँजी उपलब्ध गराउने तथा युवालाई लक्षित ‘रिमोट वर्क’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

    त्यस्तै, बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्ने, सरकारी सेवामा ‘लाइन होइन, अनलाइन’ अवधारणा लागू गर्ने तथा प्रशासनिक सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । सरकारले निजामती कर्मचारीको तलब २७ देखि ५६ प्रतिशतसम्म वृद्धि गर्ने र कर्मचारी संयन्त्रको दलीयकरण अन्त्य गर्न ट्रेड युनियन खारेज गर्ने जस्ता नीतिगत व्यवस्था ल्याउन सक्ने चर्चा छ ।

    पूर्वाधार विकासका लागि निजी क्षेत्रको सहभागिता बढाउने नीति पनि बजेटमा समेटिने भएको छ । सुरुङमार्गलगायत ठूला आयोजनामा निजी लगानी आकर्षित गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

    यद्यपि सीमित स्रोत, न्यून राजस्व संकलन तथा आन्तरिक र बाह्य ऋणको दबाबबीच सरकारले आर्थिक पुनर्संरचना र विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् । १९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा

    हेटौंडा–५ मा अतिक्रमण हटाउन डोजर, स्थानीयको विरोध

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन शुक्रबार डोजर चलाइएको छ । उपमहानगरपालिकाले सडक

    आज गणतन्त्र दिवस मनाइदै

    काठमाडौं : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ

    वीरगञ्ज नाकाबाट १० महिनामा रु १ खर्ब ८१ अर्बको पेट्रोलियम…

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला

    जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने

    काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई

    Techie IT