Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारतोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं: प्रधानमन्त्री कार्की

    तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं: प्रधानमन्त्री कार्की


    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताएकी छन् । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्- ‘उपत्यकाको मलिलो भूमिमा पसिना बगाएर अन्न फलाउने र सांस्कृतिक चाडपर्वका माध्यमबाट समाजलाई जीवन्त राख्ने काममा ज्यापु समुदायको योगदान अतुलनीय छ । यस दिवसले हामी सबैलाई जातीय सद्भाव र एकताको सन्देश दिन सकेको छ भन्ने मलाई लाग्छ। हामी सबै मिलेर अगाडि बढ्दा हाम्रो मौलिक संस्कृति र समुदायको विकास एवं संवर्धन सम्भव छ। ज्यापु संस्कृति विकास कोषले यस दिशामा गरिरहेको अथक प्रयासका लागि म विशेष धन्यवाद दिन चाहन्छु ।’

    प्रधानमन्त्री कार्कीले सरकारबाट प्राप्त सानो रकमको आर्थिक सहयोगबाट सुरु भएको ज्यापु संस्कृति विकास कोषले दुई दशकभित्र निकै उपलब्धिहरु हासिल गरेको बताउदै सम्बन्धित टोल गुठीहरु, स्थानीय समुदाय तथा संस्थामा कार्यरत लगनशील व्यक्तिहरुको इमान्दार प्रयासबाट यो उपलब्धि भएको बताइन् ।

    २३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्नु पर्ने भन्दै उनले मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास-कपासको सुनिश्चितताको माग गरेको बताइन् ।

    काठमाडौंमा परम्परागत चाडपर्व तथा संस्कृति प्रवद्र्धन गर्न गुठी तथा स्थानीय तहको भूमिका विशेष रहेको उनले धारणा राखिन् ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT