कम्बोडियाको हमलामा थाइल्याण्डमा मृत्यु हुनेको संख्या १२ पुग्यो
काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्।
कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम-२१ रकेट प्रहार र गोली हानेर गरेको आक्रमणमा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको बताएको हो । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले ३५ जना घाइते भएको जनाएको छ ।
थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।
सीमा बारे विवाद बढेपछि दुवै देश एक अर्कामाथि आक्रमणमा उत्रिएका हुन् । यो विवाद एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि शुरु भएको बताइएको छ ।
थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ । थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ । साथै थाइल्याण्ड कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।
कम्बोडियाले भने थाइल्याण्डको आक्रमणबाट भएको क्षति बारे जानकारी दिएको छैन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस