Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदफ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक चम्कियो

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक चम्कियो


    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ।

    आइतबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डले आक्रामक प्रदर्शन गर्दै फ्रान्समाथि प्रभावशाली जित दर्ता गरेको हो।

    इङ्गल्याण्डको जितका नायक जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका बने। उनले खेलको ३७औँ, ४५औँ र ८७औँ मिनेट (पेनाल्टी) मा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे।

    इङ्गल्याण्डले खेलको तेस्रो मिनेटमै डिक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

    खेलको अन्तिम चरणमा फ्रान्सले लगातार गोल फर्काउँदै इङ्गल्याण्डमाथि दबाब सिर्जना गरेको थियो। तर इन्जुरी समयको आठौँ मिनेट (९०+८) मा जुड बेलिङ्घमले निर्णायक गोल गर्दै इङ्गल्याण्डको ६–४ को शानदार जित सुनिश्चित गरे।

    यस जितसँगै इङ्गल्याण्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान आफ्नो नाममा पार्न सफल भएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप

    Techie IT