नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मल गत जुलाई १० मा भारतको कोलकाता बन्दरगाहमा आइपुगेको थियो। सोही परिमाणमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो, जुन आज नेपाल आइपुग्नेछ।
बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य हाल कोलकाता बन्दरगाहमै भइरहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज थप एक रेक मल वीरगञ्जतर्फ पठाइएको छ। बाँकी मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने कम्पनीले जनाएको छ।
यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल उक्त मलको अनलोडिङ र ब्यागिङ कार्य भइरहेको तथा त्यसपछि एक रेक युरिया मल वीरगञ्जका लागि लोड गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस