Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदआइकेओ क्युकाेशिनकाई करातेका ५० खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न

    आइकेओ क्युकाेशिनकाई करातेका ५० खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न


    ललितपुर/ २२ असार, आइकेओ क्युकाेशिनकाई कराते डाेजाे नखिपाेटका ५० जना जुनियर खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेका ५० जना जुनियर खेलाडीहरुकाे वेल्ट टेष्ट शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक  समीर श्रेष्ठले जानकारी गराउनु भएको हाे। शुक्रबार र शनिवार भएकाे वेल्ड टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षक सेन्सेई उत्तम स्थापित, सहायक प्रशिक्षकहरु अमित घलान र राेहनी कस्तीले खेलाडीहरुकाे परीक्षा लिनुभएकाे हाे।

    “बेल्ट टेष्टमा सहभागीहरुमध्ये ४ जनाले सिनियर ग्रीन वेल्ट, ९ जनाले ग्रीन बेल्ट, १६ जनाले एल्लाे र  २१ जनाले अरेन्ज वेल्टकाे परीक्षा सम्पन्न भएको छ” प्रमुख प्रशिक्षक समीर श्रेष्ठले भन्नुभयो ।

    आइ के ओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ शिहान दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुनुका साथै उनीहरुमा खेल क्षमताको अभिबृद्धि हुने बताउनु भयाे । ‘वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ। प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ ।’ लामाले भन्नुभयो।

    अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरुकाे मात्रै वेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले बताउनु भयाे। “६० दिन हाजिर भएको याेग्य खेलाडीहरुलाई मात्रै वेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, वेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परिक्षमा पूरा गरेकाहरु वेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई वेल्ट टेष्टमा सहभागी गराइएको छैन । कडा मेहनत र परिश्रम बिना स्तराेन्नतिमा समावेश गराएका छैनौं । ” श्रेष्ठले भन्नुभयाे।
    प्रत्येक तीन देखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी गराउनु भयाे । दुई दिनसम्म चलेकाे वेल्ट टेष्टमा खेलाडीहरुले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर बेल्ट परीक्षा उतिर्ण गरेका हुन् ।

    यस अघि जेठ २६ र २७ गते ६६ जनाकाे वेल्ट टेष्ट सम्पन्न  भएको थियाे । स्वीडेनकाे हाेन्बुकाे इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाईसंग आवद्ध इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाई नेपालकाे माताहातमा रहेकाे आइकेओ क्युकाेशिनकाई कराते डाेजाेले हरेक बर्ष बार्षिक कार्यक्रमहरु तय गर्दै आएकाे छ ।
    डाेजाेमा प्रशिक्षणमा रहने खेलाडीहरुकाे खेल प्रतिभा प्रदर्शन गर्ने वातावरण मिलाउँदै आएकाे डाेजाेका प्रशिक्षक सेन्सेई उत्तम स्थापितले जानकारी गराउनुभयाे । यस डाेजाेमा आवद्ध खेलाडीहरुलाई अरु संघसंस्थाले आयाेजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलाडीहरुकाे ज्ञान, सीप र दक्षता वृद्धि गर्न डाेजाे सक्रिय रहेकाे उहाँले बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला…

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT