सजगता र प्रतिकार्य तयारीका लागि नेपाली कांग्रेसको आग्रह
ललितपुर/ १८ असोज: असोज १८ गते शनिबारदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी बर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध निकाय, दलहरू, स्वयंसेवीहरु एवं सम्पूर्ण नागरिकमा नेपाली कांग्रेस हार्दिक अपील गरेको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार सूचना जारी गर्दै गतवर्षको असोज १२ मा भएको जनधनको ठुलो क्षतिको पीडासँग देश अहिले पनि जुधिरहेको जानकारी गराउँदै गत भदौ २३ र २४ को घटनाले देश थप मर्माहत रहेको बेला फेरि बाढीपहिरोको ठुलै जोखिमको संकेत मौसम बिज्ञान विभाग र बिज्ञहरुले गरेका छन् भन्दै यसतर्फ सचेत, सजगता र प्रतिकार्य तयारीका लागि पार्टीका तर्फबाट सरकार, राजनीतिक दल, सम्बद्ध निकाय, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई अपिल गर्नुभएको हो। कांग्रेस पार्टीले ७ बुँदे सतर्कता सुझाउँदै नागरिकलाई सुरक्षित रहन तथा जोखिम कम गर्न सरकार र स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।
“दशैंको टीका लगाउन या लगाइसकेर गन्तब्यम फर्किन लाखौं नागरिक यतिबेला सडक यात्रामा छन्, अत मौसमको तीब्र प्रतिकुलता नजिकिएको सूचना प्रभावि रुपले सम्प्रेषण गरौं, सरकार र संबद्ध निकायले यस्तो बेला जारी गर्ने र गरेका सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षीत रहौं, अरुलाई सुरक्षीत बनाउन सुसूचित गरौं।” सूचनामा भनिएको छ।
त्यस्तै कांग्रेसले बाढीपहिरोको घोषित एवं सम्भावित जोखिम क्षेत्रका नागरिकलाई सुरक्षीत स्थलतर्फ केहिदिनलाई सार्नुपर्ने आवश्यकता ठहर भएका ठाउँमा अविलम्ब स्थानीय तह र स्थानीय प्रशासन मार्फत आवश्यक बन्दोबस्तको पहल कदमी गरौं भन्ने आग्रह गर्दै पहाडी भूगोल र भारी बर्षाले प्रभावित हुने अनुमान गरिएका सडक जोखिमपूर्ण रहेका सडक मार्गलाई निश्चित समयका लागि अनिवार्य बन्द गरौं भन्ने आग्रह गरेको छ।
पार्टीले सडक बन्द गरिँदा र बाढीपहिरोले सडक अवरुद्ध हुनपुग्दा त्यसले यात्रु र स्थानीयवासीलाई पर्ने कष्टमा स्थानीय प्रशासन, स्थानीय सरकार, स्थानीय दलहरु र स्थानीय स्वयंसेवि मार्फत सहजीकरण गर्न र गराउन अनुरोध गर्दै विपदसँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावि ढंगको भुमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गरौं भन्ने अपिल गरेको छ।
पार्टीले तत्कालीन प्रतिकुल स्थिति दृष्टिगत गरेर जोखिमका सम्भावित क्षेत्रहरुमा अन्य सबै कार्य केहिदिनलाई थाती राखेर एक्यवद्ध भएर चुनौती सामना गरौं भन्दै सरकारले युद्धस्तरमा सजगता र तयारी राखोस् भन्दै सम्भावित विपद सामना गर्न जिम्मेवार ढंगले सबै जुटौं भन्नेमा जोड दिएको छ।
नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता तथा कार्यकर्ताहरूलाई आफू कार्यरत ठाउँमा प्राकृतिक विपदसँग जुध्न स्वयंसेवी भावना साथ कार्य गर्न अपील गर्नुभएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ वैशाख १५ देखि काठमाडौंका सबै विद्यालय नियमित सञ्चालन हुने
- ३ आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी
- ६ देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- ७ देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस