Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यअब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने

    अब स्वास्थ्य बीमामा स्थानीय तहमै ‘प्रस्थान विन्दु’, एक महिनामै सेवा लिन सकिने


    काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् । आफू रहेकै ठाउँमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।सअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए ।

    त्यसैगरी, स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउनुभएको छ । पछिल्लो संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम हुनेछ ।

    बुधबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको मन्त्री पौडेलले जानकारी दिए । नियमावली संशोधनसँगै अब बीमा गरेपछि सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने अवस्था पनि अन्त्य भएको छ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था लागू हुनेछ ।

    अहिले स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा विन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । साथै, अबदेखि सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु (प्रस्थान विन्दु) व्यवस्था गरिने भएको छ । हालसम्म बीमा सबै तहमा विस्तार भए पनि प्रथम सेवा विन्दु भने सबै स्थानमा थिएनन् ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार संशोधनपछि आधारभूत स्वास्थ्य सेवा लिनका लागि टाढा जानुपर्ने बाध्यता पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    स्वास्थ्य बीमा अनलाइन सेवा सुरु, घरमै बसेर आबद्धता र नवीकरण…

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सकिने अनलाइन सेवा

    आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच…

    काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध

    दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको…

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    Techie IT