काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।बुधबार बिहान पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ।
महाशाखाको वेबसाइटमा उल्लेखित विवरणअनुसार पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौंमा चाहिँ अहिलेसम्म वर्षा भएको छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू(भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधारणतया बादल लाग्नेछ।त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू(भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति देशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस