Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारकञ्चनपुरमा आजपा उम्मेदवारको चुनावी अभियान तिब्र, समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न अपिल

    कञ्चनपुरमा आजपा उम्मेदवारको चुनावी अभियान तिब्र, समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न अपिल


    कञ्चनपुर, २ फागुन ।
    सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रमा आम जनता पार्टी (आजपा) का उम्मेदवारहरुले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिएका छन् । कञ्चनपुर सहित सुदुपश्चिम प्रदेशको समृद्धि एवं विकासका लागि मोवाइल चिन्हमा मतदान गर्नुपर्ने अपिल उनीहरुले आम जनतासंग गरेका छन् ।

    कञ्चनपुर–१ का उम्मेदवार सीता विक, कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरी र कञ्चनपुर–३ का उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्ट चुनावी भेटघाट एवं छलफलाई तिब्रता दिएका छन् । कञ्चनपुर सहित सुदुरपश्चिम प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले आम मतदातासंग भेटघाट, छलफल गरिरहेको आजपा नेता विक्रम बमले जनाएका छन् ।

    समग्र सुदुरपश्चिमको विकासका लागि मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारलाई २१ फागुनको निर्वाचनमा मतदान गरेर बिजयी बनाउन बमले आग्रह गरेका छन् ।

    ‘कञ्चनपुर सहित समग्र सुदुरपश्चिमको विकासका लागि मैले आम जनता पार्टीको मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएको छु । विकसित र समृद्ध सुदुरपश्चिम बनाउने मेरो एजेण्डा छ । अरु नेताहरु कहाँबाट आए कहाँ गए । यहाँको जनताको भोट लिन्छन तर काम गर्दैनन । तर हामीले हाम्रो कञ्चनपुर, हाम्रो सदुरपश्चिमको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । आम जनता पार्टीले सुदुरपश्चिमको विकास गर्छ त्यसका लागि हामी सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्छ,’ कञ्चनपुर–२ का उम्मेदवार जग्गु चौधरीले भने ।

    कञ्चनपुर जिल्लाको ३ वटै क्षेत्रबा उम्मेदवारी दिएका उम्मेदवारले आफू बिजयी भए र आजपाको सरकार बनेपछि सुदुरपश्चिममै बिजुलीबती, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा निशुल्क बनाउने एजेण्डा पार्टीको रहेको जनाएका छन् । छोराछोरी, बृद्ध बाआमालाई विशेष सुविधा र युवाहरुलाई सुदुरपश्चिममै रोजगारको व्यवस्था गर्ने पहिलो जिम्मेवारी रहेको कञ्चनपुर–३ का उम्मेदवार लक्ष्मी कुमारी विष्ट भट्टले जनाएकी छन् ।

    ‘हाम्रो पार्टीका अध्यक्ष प्रभु साहको पत्नी रिना साह रौतहटको मौलापुरमा मेयर हुनुहुन्छ । मौलापुरमा कुनै किसिमको सेवाको कर लाग्दैन, सबै फ्रि छ । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी, सिँचाई सबै फ्रि छ । छोरीलाई गुणस्तरीय शिक्षा, विवाहमा ३० हजार नगद सहयोग हुन्छ । मौलापुरमा नगरप्रहरी होइन, त्यहाँ नगर शिक्षक र नगर डाक्टर छ । हामीले यो सबै सेवा सुविधा कञ्चनपुर सहित सुदुरपश्चिममा लागु गराउनका लागि मोवाइल छापमा मतदान गर्नुपर्छ,’ कञ्चनपुर–१ का उम्मेदवार सीता विकले भनिन् ।

    कञ्चनपुर जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै चौधरीले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

    ‘अब की बार आजपा सरकार’ भन्दै चौधरीले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैले मोवाईलमा मतदान गर्न अपिल समेत गरेका छन् ।

    स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार र पहिचान, सम्मान, समृद्धि र श्रेष्ठताका लागि यसपटकको निर्वाचनमा सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर अगाडी बढनुपर्ने उनले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    Techie IT