Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपाल श्रीलंका संयुक्त आयोगको पहिलो बैठक काठमाडौंमा

    नेपाल श्रीलंका संयुक्त आयोगको पहिलो बैठक काठमाडौंमा


    काठमाडौं । नेपाल श्रीलंका संयुक्त आयोगको पहिलो बैठक  परराष्ट्रमन्त्री एनपी साउद र श्रीलङ्काका  विदेशमन्त्री अली साब्रीको सहअध्यक्षतामा काठमाडौंको याक एन्ड यति होटलमा बैठक बसेको हो ।  नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन् । मुख्य एजेन्डाः दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान क्षेत्रीय सहयोग लगायत सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ पार्ने बहुपक्षीय मञ्चहरूमा सहकार्य काठमाडौं-कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक छ। कोलम्बो र लुम्बिनीबीच हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको थियो । श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे दुई मन्त्रीबीच विचार आदानप्रदान भएको छ । दुई मन्त्रीले जलवायु परिवर्तनले आ-आफ्नो देशले भोग्नुपरेको गम्भीर असरबारे आदान-प्रदान गरेका थिए। उनीहरूले जलवायु न्याय, नोक्सान र क्षति कोषको प्रारम्भिक परिचालन र थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिए। सो अवसरमा आज पछि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रीको सचिवालय जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT