जलेका सरकारी स्रेस्ता व्यवस्थापन गर्न कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसक्रममा जलेका सरकारी स्रेस्ताको व्यवस्थापनबारे छलफल भएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिलाई लिएर ठूलो मतभेद नरहेको बताएका छन् । घटनाको कारणबारे फरक धारणा रहे पनि भएको क्षति र घटनाको अवस्थाबारे सबै जानकार रहेको उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले समितिले दिने निर्देशन सरकारले स्वीकार गर्ने भन्दै त्यतिन्जेल प्रचलित कानुनअनुसार नै अघि बढ्ने बताए ।
उनले भदौ २३ र २४ गतेको घटनालाई विद्यमान कानुनले समेट्ने वा नसमेट्ने विषयमा समितिले आवश्यक निर्णय गर्नुपर्ने बताए । विद्यमान कानुनले नसमेट्ने अवस्था देखिए कानुन संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
‘भदौ २३ र २४ गतेलाई दुर्घटना भन्ने कि नभन्ने, अहिलेको कानुनले त्यसलाई समेट्छ कि समेट्दैन भन्ने बहस छ । यसले समेट्दैन भने संशोधनमा जाऔँ, पास गरौँ । समितिले निर्देशन दिनुभयो भने हामी कानुन संशोधन गर्न पनि तयार छौँ,’ उनले भने ।
वाग्लेले कानुन संशोधनले समस्या समाधानतर्फ लैजान्छ कि थप जटिलता सिर्जना गर्छ भन्ने विषयमा समितिले छलफल गर्नुपर्ने बताए ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन तथा सरकारी दस्तावेज सुरक्षित राख्न डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस