आईपीएल: मुम्बई शीर्ष स्थानमा, बाहिरियो राजस्थान
काठमाडौं ।राजस्थान रोयल्सविरुद्ध १०० रनको सहज जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्ष स्थानमा उक्लिएको छ ।बिहीबार जयपुरमा सम्पन्न खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए । कप्तान रियान परागले १६, सुभम दुवेले १५ रन थप्दा यशस्वी जैसवालले १३ रन थपे ।यसअघि अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका वैभव सूर्यवंशी यस खेलमा भने शून्यमै पभेलियन फर्किए ।
राजस्थानलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र कर्ण शर्माले समान तीन विकेट लिए । जसप्रित बुमराहले दुई विकेट लिँदा हार्दिक पन्ड्या र दीपक चहरले समान एक विकेट हात पारे ।त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका ओपनर रिकेलटोनले सर्वाधिक ६१ रन बनाए । उनले ३८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर रोहित शर्माले ३६ बलमा नौ चौकासहित ५३ रन थपे ।यी दुईले पहिलो विकेटका निम्ति ११६ रनको साझेदारी गर्दै मुम्बईलाई बलियो सुरुआत दिलाएका थिए । सूर्यकुमार यादव र कप्तान हार्दिक पन्ड्याले समान ४८ रन थपे ।
राजस्थानका महिस थिक्षणा र रियान परागले समान एक विकेट लिए ।जितसँगै ११ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै राजस्थान भने आईपीएल–२०२५ को प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बनेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस