Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमन्त्रिपरिषद बैठकका २५ निर्णय

    मन्त्रिपरिषद बैठकका २५ निर्णय


    काठमाडौं।सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खराब आचरण प्रदर्शन गरेको तथा कार्य क्षमताको अभाव रहेको भन्दै ओझालाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले बताए ।
    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले छानबिन समितिको सिफारिसको आधारमा ओझालाई पदमुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

    उनका अनुसार बैठकले लिज फाइनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत तथा समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन समेत स्वीकृत गरेको सरकारका प्रवक्ता गुरूङले जानकारी दिए।उनले मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको पनि जानकारी दिए।मन्त्रिपरिषद् बैठकले स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) (दोस्रो संशोधन) नियमावली समेत स्वीकृत गरेको छ।बैठकले राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरूङले बताए।

    यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरू यस प्रकार रहेका छन् ।

    १. २०८२ भदौ ३० देखि ३१ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने रेजिलेन्ट सप्लाइ चेन्स एण्ड इक्वेटेबल ग्रोथ इन अ चेन्जिङ वर्ल्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा। प्रकाश कुमार बेहलाई सहभागी स्वीकृति प्रदान गर्ने।

    २. २०८२ असोज ७ देखि ९ गतेसम्म इण्डोनेसियामा आयोजना हुने एन्टी करप्शन इनिसिएटिभ फर एसिया एण्ड द प्यासिफिक २०२५ विषयक कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने।

    ३. २०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र इजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन महालेखापरीक्षक तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

    ४. कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन चौतीस अर्ब उनन्चास करोड ९करिब तीस अर्ब आठ करोड रुपैयाँ० सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने।

    ५.(क) अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको फण्ड क्वेटामा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गर्ने।
    ९.(ख) कोटा वृद्धि गर्दा थप हुने करिब ७८.४५ मिलियन एसडिजारमध्ये सोको २५ प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको नाममा प्रमिसरी नोट ९अर्थपत्र० जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने

    ६. लिज फाइनान्ससम्बन्धी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने।

    ७. समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गर्ने।

    ८. छानबिन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने।

    ९. मानव अधिकार पुरस्कार कोष सञ्चालन (पहिलो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने।

    १०. प्रशासकीय अदालतको अध्यक्षमा डा. टेक बहादुर घिमिरे, संखुवासभा तथा सदस्यहरूमा अधिवक्ता श्री नवल किशोर यादव, वीरगन्ज र श्री आलोक चन्द्र श्रेष्ठ, बागलुङलाई नियुक्त गर्ने।

    ११.२०८२ भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने एशिया, अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेशन को ६३ औं एनुअल सेसनमा सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजय कुमार चौरसियालाई स्वीकृति प्रदान गर्ने।

    १२. खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरूको लागि अधिकृतस्तरका जम्मा ७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने।

    १३. कम्युनिटी अन द इलिमिनेशन अफ डिस्क्रिमिनेशन अगेनिस्ट वुमेनका सदस्य श्री वन्दना राणालाई कूटनीतिक राहदानी जारी गर्ने।

    १४.थाइल्याण्डको बैंककमा २०८२ भदौ १७ र १८ गते आयोजना हुने विश्व वित्तीय संरचनासम्बन्धी एसिया सहयोग संवादको उच्चस्तरीय सम्मेलन र २० औँ मन्त्रीस्तरीय बैठकमा भाग लिन माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई स्वीकृति प्रदान गर्ने।

    १५. नेपाली सेनातर्फ एक जना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने, छ जना सहायक रथी र सात जना महासेनानीको सरुवा गर्ने, एकजना महासेनानीको सहायक रथीमा बढावा गर्ने।

    १६. बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८२ मा तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने।

    १७. २०६९ भदौ २५ देखि २८ गतेसम्म रसियाको सैन्ट पिटर्सवर्गमा आयोजना हुने ११ औं सेन्ट पिटर्सवर्ग युनाइटेड कल्चर्स फोरममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई स्वीकृति प्रदान गर्ने।

    १८. धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

    १९. आदिवासी जनजाति आयोगका माननीय सदस्य शरण राईलाई आदिवासी जनजाति महासंघ, हङकङले मिति २०८२ भदौ २२ गते हङकङमा आयोजना गर्ने ३१औं विश्व आदिवासी दिवस कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने।

    २०. २०८२ भदौ ३१ देखि असोज ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने।

    २१. मालपोत (आठौं संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।

    २२.स्ट्याण्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज)(दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।

    २३.राष्ट्रिय युवा नीति, २०८२ स्वीकृत गर्ने।

    २४. नेपाल सरकार र दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जालबीच हस्ताक्षर हुने हेडक्वार्टर एग्रिमेण्ट बिटुइन गभर्मेण्ट अफ नेपाल एण्ड साउथ एशिया वाइल्डलाइफ इन्फोर्समेण्ट नेटवर्क, २०२५ स्वीकृत गर्ने।

    २५.मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT