Techie IT
  • The Film Nepal
  • २०८३ असार १७ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा छलफल

    नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा छलफल


    काठमाडौँ|  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा डिजिटल रूपान्तरणलगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    छलफलमा सञ्चार क्षेत्रको सुदृढीकरण, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

    सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले अष्ट्रेलियाले नेपाली विद्यार्थीका लागि सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमको दायरा विस्तार गरी थप विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउन आग्रह गर्नुभयो।

    मन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै अष्ट्रेलियाको आधुनिक, प्रभावकारी र प्रविधिमैत्री हुलाक प्रणालीबाट नेपालले सिक्न चाहेको बताउनुभयो। साथै, नेपालमा पनि त्यस्ता सफल अभ्यास लागू गर्न प्राविधिक सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

    उहाँले सरकारले “डिजिटल नेपाल” अभियानअन्तर्गत सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा अष्ट्रेलियाको थप सहयोग अपेक्षा गरिएको बताउनुभयो।

    भेटमा मन्त्री तिमिल्सिनाले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूको क्षमता अभिवृद्धि, डिजिटल पत्रकारिता, नयाँ प्रविधिको प्रयोग तथा तथ्य परीक्षणसम्बन्धी सीप विकासमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो।

    नेपाल र अष्ट्रेलियाबीच शिक्षा, रोजगारी, पर्यटन, सांस्कृतिक आदानप्रदान तथा विकास साझेदारीमार्फत जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ सुदृढ हुँदै गएको विषयमा पनि छलफल भएको थियो।

    राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्रका आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताउँदै पछिल्लो समय बढ्दो गलत सूचना र दुष्प्रचार चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

    राजदूत अन्स्र्टले अष्ट्रेलियाले नेपालमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक प्राविधिक तथा संस्थागत सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले

    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ|  डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति

    Techie IT