नयाँ दिल्लीको लालकिल्लामा कार विष्फोट हुँदा कम्तिमा ८ मारिए
काठमाडौं। नयाँ दिल्लीको लालकिल्लामा कार विष्फोट भएर कम्तिमा ८ जना मारिएका छन् ।सोमबार साँझ भएको विस्फोटमा कम्तिमा २४ जना घाइते भएका छन् ।दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो ।
विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको थियो । जसकारण ती गाडीहरू जलेर नष्ट भएका छन् ।घटनाको सूचना पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस