जेनजी आन्दोलनका हत्यारा र आइज्याकरलाई बहिष्कार नै आजको आवश्यक्ता हो : थापा
पोखरा, १२ माघ आम जनता पार्टी (आजपा)का सहअध्यक्ष तिलक थापामगरले सहकारी ठगलाई भोट होइन जेल पठाउनुपर्ने टिप्पणी गरेका छन् । जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी र सहकारी तथा लघुवित ठगहरु पनि उम्मेदवार भएर मतदातासंग मत माग्न आइरहेको बताउदै उनले त्यस्तालाई बहिष्कार गर्नुपर्ने बताए ।
आजपा गण्डकी प्रदेश निर्वाचन परिचालन कमिटीको पोखरामा आज (सोमबार) बसेको बैठकलाई सम्बोधन गर्दै थापामगरले जेनजी हत्यारा, हाइज्याकर, भ्रष्टाचारी, ठग, लुटेराहरु अहिले विभिन्न भेषमा जनताका बीचमा आएर विभिन्न लोभलालच देखाउदै मत मागिरहेकाले त्यस्तालाई बहिष्कार गर्दै आजपाका असली उम्मेदवारहरुलाई बिजयी गराउन मोवाइल छापमा मतदान गर्नुपर्ने बताए ।
‘अहिले जेनजी हत्यारा, भ्रष्टाचारी, लुटेरादेखी सहकारी ठगहरु विभिन्न भेषमा जनताका बीचमा पुगिरहेका छन् । उनीहरुले विभिन्न लोभलालच पनि दिइरहेका छन् । त्यस्ताबाट सचेत हुन आवश्यक रहेको छ । मुलुक र जनताको हितमा निरन्तर संघर्ष गरिरहेको आम जनता पार्टीका उम्मेदवारलाई बिजयी गराउन मोवाइल छापमा मतदान गर्नुपर्छ,’ आजपा सहअध्यक्ष थापाले भने ।
जेनजी हत्यारा केपी ओली, रमेश लेखक सहित जेनजी आन्दोलनका हाइज्याकर बालेन शाह तथा सहकारी ठगहरु रवि लामिछानेहरुलाई निर्वाचनबाटै बहिष्कार गर्नुपर्ने उनले बताए । जेनजी हत्यारा तथा हाइज्याकरका साथै ठगहरु अहिले पनि मुलुक लुटने गम्भिर खेलमा लागेको टिप्पणी थापा गरे ।
२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका बिभिन्न जिल्ला एवं क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारलाई चुनावी रणनीति, परिचालन लगायतका बिषयमा बैठकमा छलफल भएको आजपा केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेलले बताए ।
आजपा गण्डकी प्रदेशका अध्यक्ष एवं गण्डकी निर्वाचन परिचालन समितिका अध्यक्ष भोजराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा उपाध्यक्ष एलिजा गौतम, निर्वाचन परिचालन समितिका सदस्य निरञ्जन पौडेल, गण्डकी प्रदेशका अध्यक्ष सन्तोष साह, सचिवालय सदस्य तेजबहादुर कुमाल, बिजेन्द्र चौधरी, विमल कँडेल, पवित्रा मल्ल लगायतको विशेष सहभागिता रहेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस