भ्रामक समाचार सम्प्रेषण नगरिदिन पूर्व मन्त्री खड्का सचिवालयको अनुरोध
काठमाण्डौ / मंसिर ७,नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काका बारेमा केही सन्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।
खड्काका स्वकीय सचिव कुमारबाबु अधिकारीले केही अनलाइन तथा समाचार माध्यममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खड्काको नाम जोडेर अनर्गल प्रचार एवं भारत गएको भनी भ्रामक समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले भनेका छन्- “पार्टी कामको सिलसिलामा उहॅा गृह जिल्ला संखुवासभा जाने- आउने तथा काठमाडौंमै नियमित रूपमा जनता, पार्टी कार्यकर्ता र जिल्लावासीसॅग भेटघाट गरिरहनु भएको छ । कार्यकर्ता र जिल्लावासीको सदैव सुख दुःखमा साथ दिने उहॅाको कामबाट केही ब्यक्तिहरू किन त्रसित भएर कुप्रचार गर्न खोजिरहेका छन् ? बुझ्न गाह्रो छैन । “
उनले सामाजिक सन्जाल फेसवुकमा लेखेका छन्- राज्यको चौथौं अंगको रूपमा रहेको मिडिया जगतले सत्यतथ्य नबुझि कसैले नियोजित रूपमा चलाएको हल्लाकै भरमा समाचार प्रकाशन गर्दा आम मानिसमा मिडियाप्रति कस्तो भावना विकास होला ?
स्वकीय सचिव अधिकारीले पूर्वमन्त्री खड्काले स्काउट जग्गा भाडा २० करोडभन्दा बढी तिरेको भएपनि बदनाम गराउन भाडा तिरेन भन्ने आरोप लगाएको समेत बताएका छन् । उनले भने- डेढ वर्षदेखि ठेक्का तोडेर ताला लगाएर स्काउटले राखेको जग्गामा एक रूपैयॅा पनि उठाउन सकेको छ ? पैसा तिर्ने कै बदनाम गराउनेले खै भाडामा लगाउन सकेको ??
केही अनलाइनले पूर्वमन्त्री खड्का भारत भागेको भन्दै गलत समाचार सम्प्रेषण गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस