आध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :
जनकपुरधाम, चैत्र १३ । रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। गोविन्द भगवान मन्दिरको धर्मशालामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, धार्मिक–सामाजिक व्यक्तित्वहरू सहभागी थिए। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले आध्यात्मिक मूल्यमा आधारित पत्रकारिताले समाजमा सत्य, न्याय र पारदर्शिता मजबुत बनाउने बताउँदै पत्रकारहरूले तथ्यमा आधारित र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।
उनले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र धार्मिक–पर्यटकीय नमुना शहरका रूपमा विकास गर्ने सरकारी प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि भारत गुजरातका सन्त समर्थ रामदास बापुजीले जनकपुरधाम जगतजननी सीता माताको पवित्र जन्मभूमि र विश्व–आध्यात्मिक सन्देशको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष जुट्न आग्रह गरे। त्यसैगरी, सन्त प्रा. सत्यनारायण आलोकले राम मन्दिर परिसरमा हुने बोकाबलीजस्ता हिंसात्मक प्रथाको अन्त्य गर्न तीनै तहका सरकारसँग माग गरे। गोविन्द सेवा समितिका अध्यक्ष तथा वडा अध्यक्ष राघवेन्द्रप्रसाद साह, आपसका केन्द्रीय अध्यक्ष शिरोमणि दवाडी,आपसका मधेश प्रदेश अध्यक्ष श्रीनारायण साहसहित वक्ताहरूले नैतिकता, सत्य र धार्मिक मूल्यमान्यताको प्रवर्द्धनमा पत्रकारिताले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखे।
सहभागीहरूले जनकपुरधामलाई मद्य–मांस निषेधित पवित्र क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि दिए। सोही अवसरमा आध्यात्मिक पत्रकार समाज–आपसको मधेश प्रदेश समिति घोषणा गर्दै अध्यक्षमा श्रीनारायण साह, उपाध्यक्षमा सत्यनारायण आलोक बाबा, सचिवमा उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा अभय कुमार साह तथा सदस्यहरूमा मिश्री लाल मधुकर, संजिव कुमार साह, गार्गी शाह र केवल कुमार साह चयन गरिएको जानकारी दिइयो।
सल्लाहकार कमल साह तथा केन्द्रीय समन्वयकर्ता भोगेन्द्रलाल कर्ण घोषित भएका छन्। कार्यक्रममा सन्त समर्थ रामदास बापुजी र मन्त्री महतोलाई सम्मान गरिएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमहरूले आध्यात्मिकता र पत्रकारिताबीचको सम्बन्ध सुदृढ गर्दै समाजमा सकारात्मक परिवर्तन र सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस