Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :

    आध्यात्मिक पत्रकार समाज (आपस) को मधेस प्रदेश समिती घोषणा सहित स्थापना दिवस सम्पन्न :


    जनकपुरधाम, चैत्र १३ ।  रामनवमीको अवसरमा जनकपुरधाममा आयोजित “अध्यात्म जागरण र पत्रकारिता” विचार गोष्ठी तथा आध्यात्मिक पत्रकार समाज (आपस) को स्थापना दिवस समारोहमा वक्ताहरूले आध्यात्मिक चेतना, नैतिक पत्रकारिता र सुशासन सुदृढ गर्न एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। गोविन्द भगवान मन्दिरको धर्मशालामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, पत्रकार, धार्मिक–सामाजिक व्यक्तित्वहरू सहभागी थिए। मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले आध्यात्मिक मूल्यमा आधारित पत्रकारिताले समाजमा सत्य, न्याय र पारदर्शिता मजबुत बनाउने बताउँदै पत्रकारहरूले तथ्यमा आधारित र सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए।

    उनले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र धार्मिक–पर्यटकीय नमुना शहरका रूपमा विकास गर्ने सरकारी प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि भारत गुजरातका सन्त समर्थ रामदास बापुजीले जनकपुरधाम जगतजननी सीता माताको पवित्र जन्मभूमि र विश्व–आध्यात्मिक सन्देशको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष जुट्न आग्रह गरे। त्यसैगरी, सन्त प्रा. सत्यनारायण आलोकले राम मन्दिर परिसरमा हुने बोकाबलीजस्ता हिंसात्मक प्रथाको अन्त्य गर्न तीनै तहका सरकारसँग माग गरे। गोविन्द सेवा समितिका अध्यक्ष तथा वडा अध्यक्ष राघवेन्द्रप्रसाद साह, आपसका केन्द्रीय अध्यक्ष शिरोमणि दवाडी,आपसका  मधेश प्रदेश अध्यक्ष श्रीनारायण साहसहित वक्ताहरूले नैतिकता, सत्य र धार्मिक मूल्यमान्यताको प्रवर्द्धनमा पत्रकारिताले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखे।

    सहभागीहरूले जनकपुरधामलाई मद्य–मांस निषेधित पवित्र क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि दिए। सोही अवसरमा आध्यात्मिक पत्रकार समाज–आपसको मधेश प्रदेश समिति घोषणा गर्दै अध्यक्षमा श्रीनारायण साह, उपाध्यक्षमा सत्यनारायण आलोक बाबा, सचिवमा उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा अभय कुमार साह तथा सदस्यहरूमा मिश्री लाल मधुकर, संजिव कुमार साह, गार्गी शाह र केवल कुमार साह चयन गरिएको जानकारी दिइयो।

    सल्लाहकार कमल साह तथा केन्द्रीय समन्वयकर्ता भोगेन्द्रलाल कर्ण घोषित भएका छन्। कार्यक्रममा सन्त समर्थ रामदास बापुजी र मन्त्री महतोलाई सम्मान गरिएको थियो। वक्ताहरूले यस्ता कार्यक्रमहरूले आध्यात्मिकता र पत्रकारिताबीचको सम्बन्ध सुदृढ गर्दै समाजमा सकारात्मक परिवर्तन र सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT