Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारबागमतीका मुख्यमन्त्री किरण थापा मगरले लिए शपथ, सात सदस्यीय मन्त्रिपरिषद् गठन

    बागमतीका मुख्यमन्त्री किरण थापा मगरले लिए शपथ, सात सदस्यीय मन्त्रिपरिषद् गठन


    हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई शपथ गराएका हुन् ।

    नवनियुक्त प्रदेश सरकार सात सदस्यीय बनेको छ । नेकपा एमालेबाट किरण थापा मगर मुख्यमन्त्री, भरतबहादुर केसी भौतिक पूर्वाधारमन्त्री र ज्ञानबहादुर तामाङ बिनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

    त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापा मगरले नै सम्हाल्ने बताइएको छ ।

    यसैबीच, सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद चर्किएको छ । सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्दै प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका सांसद मन्त्री बनेमा उनीहरूमाथि समेत कारबाही गर्ने चेतावनी दिएका थिए । विवादकै बीच राप्रपाका तीन प्रदेशसभा सदस्य प्रदेश सरकारमा मन्त्री बनेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT