काठमाडौ । आइतबार राती खाग्दल खोलामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने बेलिब्रिज बगाएको छ ।
बाढीले पुल बगाउँदा अरनिको राजमार्ग ठप्प भएको छ । बाढीले केही घरहरुमा समेत क्षति गरेको स्थानीयहरुले जनाएका छन् ।
बाढीका कारण स्थानीय ब्यवसायी रावण रोक्काको गोदाममा रहेको निर्माण सामग्री समेत पुरिएको छ । सो खोलामा केही वर्ष अगाडि पनि ठुलो बाढी आएको आएर धेरै क्षति गरेको थियोे ।
आज विहानै गृहजिल्लामा बाढीका कारण पुल बगायो भन्ने फोन आयो । गृहजिल्ला प्राकृतिक विपत्तिबाट गुज्रिरहेकाे खबर पाउना साथ पूर्वमन्त्री माेहन बस्नेत संसद र सपथ छाडी जनताको काममा जिल्ला गए ।
बाढीका कारण अवरुद्ध भएको सडकखण्डको प्रतिनिधिसभा सांसद मोहन बहादुर बस्नेत, प्रदेश सांसद मसिना खड्का भण्डारी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधहरु लगाएतले संयुक्त स्थगलत अवलोकन गरेका थिए ।
सो क्रममा सांसद बस्नेतले एकसाताभित्र अर्को बेलिब्रिजको व्यवस्था गरेर भएपनि आवतजावतलाई सूचारु गर्ने प्रतिवद्धता जनाए । उनले सवैको सहकार्यमा प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्ने गरि योजना बनाउन आवश्यक रहेको धारणा राख्खे ।
उक्त राजमार्ग ठप्प भएसँगै बाह्रबिसे नगरपालिकाले बाह्रबिसे वडा न.८ एक्लेबेसि हुँदै जम्बु निस्किने बैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बाह्रविसे तातोपानी नाका आवत जावत बन्द भएको छ ।
यस्तै जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिको लार्के खोलामा आएको बाढिका कारण वडा नं १ र २ जोड्ने चिण्डे झोलुङ्गे पुल, २ र ४ जोड्ने महाकाल झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस