Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न

    सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा सम्पन्न


    काठमाडौ/ २५ कात्तिक,मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौर स्थित सिन्धु भ्याली क्याम्पसको एघारौं बार्षिक साधारण सभा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले सिन्धु भ्याली क्याम्पसलाई यो स्थान सम्म ल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले क्याम्पस संचालनमा नगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै कार्यविधि नहुँदा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नपाएको उल्लेख गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुई वटा क्याम्पस नगरपालिकाको नमुना क्याम्पस बनाउनको लागि बराबरी बजेट बिनियोजन गरेको बताउनुभयो । प्रमुख अतिथी प्रधानले क्याम्पस लाई जग्गा उपलब्ध गराउन स्थानिय सरकारको नियमले नदिने भएकाले जग्गा ब्यबस्थापन भैसकेपछी भवन निर्माण जस्ता कुरामा आगामी बर्षबाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    उप्रप्रमुख प्रधानले क्याम्पस अगाडी बढाउन संचालक समितिको महत्त्वपूर्ण भुमिका रहने भएकाले साधारण सभा बाट सर्वसंवत रुपमा सक्षम नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। उहाँले क्याम्पस संचालक समितिलाई नगरपालिकाबाट हर समय सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो। कार्यक्रममा इन्द्रावती बहुमुखि क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं, २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा वडा नम्बर ३का अध्यक्ष कुमार बञ्जरा लगाएत विभिन्न राजनितिकि दलका प्रतिनिधि,सरोकारवालाहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामशरण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ठाकुरराम चौलागाईंले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी महेश खतिवडा,प्राध्यापक तथा कर्मचारीको तर्फबाट धनबहादुर कार्की,आजिवन तथा सञ्चालक समितिको तर्फबाट जेष्ठ सदस्य जीवनलाल शर्मा पौडेल,सञ्चालक समितिको तर्फबाट संस्थापक अध्यक्ष होमकान्त चौलागाईंलाई सम्मान गरिएको थियो ।
    साधारणसभाले राम शरण चौलागाईकाे अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ। समितिकाे सदस्यमा हाेमनाथ शर्मा चौलागाई, चित्रकुमार(सि.के)चौलागाई,कृष्ण मुरारी चौलागाई, विनोद चौलागाई, शालिकराम चौलगाई, शिव प्रसाद सापकोटा, लाल ब. तामाङ, शंकर प्रसाद खतिवडा, विनोद खनाल, हेमराज चौलागाई, विष्णु प्रसाद ढुगांना, देव कुमारी चौलागाई, देवनारायण चौलागाई, शुदर्शन लुइटेल र श्याम लामा निर्वाचित हुनुभएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT