Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिराष्ट्र र राष्ट्रियतामाथि संकट परेको अवस्थामा एकजुट हुनुपर्छ – पूर्वउपप्रधानमन्त्री श्रेष्ठ

    राष्ट्र र राष्ट्रियतामाथि संकट परेको अवस्थामा एकजुट हुनुपर्छ – पूर्वउपप्रधानमन्त्री श्रेष्ठ


    ललितपुर, २ कातिक: पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् वर्तमान केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको अवस्थामा पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।
    पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वउपसभापति श्रेष्ठले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत व्यक्तित्वहरुले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानमा पहल गर्नुपर्छ भन्ने धारणा राख्नुभएको हो।

    “जटिल र विषम परिस्थिति छ, जेन जेडको नाममा भएको आन्दोलनले त्रास पैदा गरेको छ
    आन्दोलनले निर्माण गरेको सरकारले घोषणा गरेेको सरकारले फागुन २१ गते चुनाव हुन्छ भन्ने वातावरण तयार गरेको छैन, जेन जेड आन्दोलनको मूल स्वरुपमा युवा पुस्ताको असन्तोष, बेरोजगारी, भष्ट्राचारप्रति आक्रोश, र राजनीतिक संस्थाप्रति अविश्वास समटिएको छ, उनीहरूका जायज मागहरुलाई सम्बोधन गर्न आवश्यक छ, तर आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतन्त्रको मर्म नै खण्डित हुने खतरा छ, राजनीतिक दलहरू लोकतन्त्रका वाहक हुन् र लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प छैन। तर केही व्यक्तिहरूका व्यवहार, पारदर्शिता अभाव, र जवाफदेहिताको कमीले आम जनतामा दलप्रति अविश्वासको गहिरो ‘न्यारेटिभ’ बनाएको छ।” उहाँले भन्नुभयो।
    उहाँले संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया, र तिनै तहका निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु नेपाली कांग्रेसको गौरवमय इतिहास हो भन्दै जेन जेड आन्दोलनमा भएको स्वार्थ समूहको घुसपैठले अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका छन् भन्नुभयो।

    “पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि ठूलो क्षती १९९० को भूकम्पबाट भएको थियो, त्यसपछि भदौ २४ गतेको क्षति भएको छ, जेन जेड आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतान्त्र नै खतरामा पर्ने अवस्था छ।” उहाँले भन्नुभयो।
    उहाँले शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेपनि अरुले त्यस्तो अग्रसरता देखाउन सकेनन् भन्दै संवाद र समन्वयको माध्यमबाट विश्वासको वातावरण तयार गर्नुपर्नेछ भन्नुभयो।
    “विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दलहरूलाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्छ, सुधार गरेर अगाडि बढ्नुपर्छ, तर अग्रजहरुलाई निशेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, उद्योगपतिहरुलाई कसरी समेट्ने भन्नेमा ध्यान दिनुपर्ने छ, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ।” उहाँले भन्नुभयो।

    उहाँले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न लागिपर्ने बताउँदै आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न तयार छु भन्नुभयो।
    “राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्दा गोपालमानले भूमिका निर्वाह गरेको हो, वेलावेलामा हाम्रो भूमिका ओझेलमा पर्दा  हामी पूर्वपदाधिकारी सात जना पनि छौँ है भन्न खोजेका हौँ, आवश्यकता पर्यो भने हरेक भूमिका निर्वाह तयार छु, तर म तँछाडमछाड गर्ने पक्षमा  छैन विगतको १८/१९ वर्षको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मैले गरेको कमजोरीको जिम्मेवारी लिन्छु, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो।
    उहाँले जनता समक्ष सुशासन जवाफदेहिता लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ भन्दै जनताको विश्वास हासिल नेतृत्व परीक्षण अहिलेको संकट नेताहरूको परीक्षण हो भन्नुभयो।
    “अहिले नयाँ नेतृत्वले जन्माउने अवसर पनि हो, हामीले विगतका कमजोरीबाट सिक्नुपर्छ। १२ बुँदे सम्झौताको परिवेश फरक थियो त्यसबेला दलहरूको बीच एकताले लोकतन्त्र १२ बुँदे सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले स्वीकार गर्दछु कि हामी एक दशक लामो सशस्त्र संघर्ष र संक्रमणकाललाई  लोकतन्त्रमा फरक रुपमा लिनु अपरिहार्य छ, त्यसलाई स्वीकार गम्भीरतापूर्व लिनुपर्छ त्यसैगरी परम्परागत राजनीतिक शक्तिहरूलाई समेत हामीले आत्मसाथ गर्नुपर्दछ।” उहाँले भन्नुभयो

    उहाँले वर्तमान समस्याको समाधान राजनीतिक दलहरू भित्रवाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्छ भन्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    Techie IT