Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ एनएसएलको रेफ्री विवाद उत्कर्षमा

    एनएसएलको रेफ्री विवाद उत्कर्षमा


    नेपाल सुपर लिग २ को लिग चरण अन्त्यतिर आइपुग्दा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा निकै कडा छ । झन्डै आधा जस्तो खेल बराबरीमा टुंगिदा लिग तालिकामा टोलीबीच खासै फरक छैन । मैदानभित्र स्तरीय खेलाडी र कडा प्रतिस्पर्धा हुँदा रेफ्री विवादले भने प्रतियोगितालाई गाँजेको छ । सोमबार सम्पन्न काठमाडौं रेजर्स र धनगढी एफसीको खेलपछि प्रशिक्षकको आरोप सुन्दा रेफ्री विवाद यसै साम्य नहुने देखिन्छ ।

    धनगढी र काठमाडौं बीच खेलमा मुख्य रेफ्रीको भूमिका फिफा रेफ्री प्रज्वल क्षेत्रीले निर्वाह गरेका थिए । तर हाफ टाइमपछि खेलको मुख्य निर्णायकमा फिफा रेफ्री नविन्द्र महर्जन आए । यसअघि फोर्थ अफिसियल रहेका महर्जन रेफ्री क्षेत्रीको तिघ्रामा समस्या आएपछि मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा फोर्थ अफिसियल भने श्याम दनुवार रहे ।

    पहिलो हाफमा १-० को अग्रतामा रहेको धनगढी दोस्रो हाफमा बराबरी गोल खाँदै अंक बाँड्न पुग्यो । सोमबारको जितले प्लेअफमा स्थान पक्का हुने भएको अवस्थाबाट अंक बाँड्नुपर्दा धनगढीले अझै कुर्नुपर्ने भएको छ । नतिजामा खुसी रहेको बताएका धनगढीका प्रशिक्षक युगलकिशोर राईले खेलमा भएको रेफ्री परिवर्तनबारे खुलेर आलोचना गरे ।

    आजको नतिजामा हामी खुसी छौं । १ अंक जोड्यौं र शीर्षस्थानमा पनि छौं । खेलाडीको प्रदर्शन राम्रो छ । तर रेफ्रीको कुरा गम्भीर रुपमा लिनुपर्यो ,उनले प्रश्न गरे, ‘नविन्द्र महर्जन हामीले पटक पटक हुँदैन भनेको रेफ्री हो । हाम्रो पछिल्लो खेलपछि पनि भनेको हो । काठमाडौंको प्रायजसो हरेक खेलमा वहाँ नै रेफ्री हुनुपर्ने? हामीले हुन्न भन्दा भन्दा पनि सब्सटिच्युटबाट ल्याएर पनि खेलाउन लगाउने?’

    एनएसएलमा प्रतियोगिता निर्देशक रहेका एन्फाका लिग निर्देशक संजिव मिश्रले खेलपछि बोल्दै मुख्य रेफ्री नहुँदा फोर्थ अफिसियलले खेलाउने नियमित प्रक्रिया नै रहेको बताएका थिए ।

    ‘मुख्य रेफ्री प्रज्वल क्षेत्रीको मांशपेशीमा समस्या आएका कारण रेफ्री परिवर्तन भएको हो । मुख्य रेफ्रीले नसकेपछि फोर्थ अफिसियलले खेलाउने नै हो ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT