Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदएनएसएलको रेफ्री विवाद उत्कर्षमा

    एनएसएलको रेफ्री विवाद उत्कर्षमा


    नेपाल सुपर लिग २ को लिग चरण अन्त्यतिर आइपुग्दा प्लेअफमा पुग्ने चार टोलीको प्रतिस्पर्धा निकै कडा छ । झन्डै आधा जस्तो खेल बराबरीमा टुंगिदा लिग तालिकामा टोलीबीच खासै फरक छैन । मैदानभित्र स्तरीय खेलाडी र कडा प्रतिस्पर्धा हुँदा रेफ्री विवादले भने प्रतियोगितालाई गाँजेको छ । सोमबार सम्पन्न काठमाडौं रेजर्स र धनगढी एफसीको खेलपछि प्रशिक्षकको आरोप सुन्दा रेफ्री विवाद यसै साम्य नहुने देखिन्छ ।

    धनगढी र काठमाडौं बीच खेलमा मुख्य रेफ्रीको भूमिका फिफा रेफ्री प्रज्वल क्षेत्रीले निर्वाह गरेका थिए । तर हाफ टाइमपछि खेलको मुख्य निर्णायकमा फिफा रेफ्री नविन्द्र महर्जन आए । यसअघि फोर्थ अफिसियल रहेका महर्जन रेफ्री क्षेत्रीको तिघ्रामा समस्या आएपछि मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा फोर्थ अफिसियल भने श्याम दनुवार रहे ।

    पहिलो हाफमा १-० को अग्रतामा रहेको धनगढी दोस्रो हाफमा बराबरी गोल खाँदै अंक बाँड्न पुग्यो । सोमबारको जितले प्लेअफमा स्थान पक्का हुने भएको अवस्थाबाट अंक बाँड्नुपर्दा धनगढीले अझै कुर्नुपर्ने भएको छ । नतिजामा खुसी रहेको बताएका धनगढीका प्रशिक्षक युगलकिशोर राईले खेलमा भएको रेफ्री परिवर्तनबारे खुलेर आलोचना गरे ।

    आजको नतिजामा हामी खुसी छौं । १ अंक जोड्यौं र शीर्षस्थानमा पनि छौं । खेलाडीको प्रदर्शन राम्रो छ । तर रेफ्रीको कुरा गम्भीर रुपमा लिनुपर्यो ,उनले प्रश्न गरे, ‘नविन्द्र महर्जन हामीले पटक पटक हुँदैन भनेको रेफ्री हो । हाम्रो पछिल्लो खेलपछि पनि भनेको हो । काठमाडौंको प्रायजसो हरेक खेलमा वहाँ नै रेफ्री हुनुपर्ने? हामीले हुन्न भन्दा भन्दा पनि सब्सटिच्युटबाट ल्याएर पनि खेलाउन लगाउने?’

    एनएसएलमा प्रतियोगिता निर्देशक रहेका एन्फाका लिग निर्देशक संजिव मिश्रले खेलपछि बोल्दै मुख्य रेफ्री नहुँदा फोर्थ अफिसियलले खेलाउने नियमित प्रक्रिया नै रहेको बताएका थिए ।

    ‘मुख्य रेफ्री प्रज्वल क्षेत्रीको मांशपेशीमा समस्या आएका कारण रेफ्री परिवर्तन भएको हो । मुख्य रेफ्रीले नसकेपछि फोर्थ अफिसियलले खेलाउने नै हो ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो

    काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि

    एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका…

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

    कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको…

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर Kushal Bhurtel ले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गर्दै

    मलेसियाको जितसँगै नेपाल एसियन गेम्समा छनोट

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ। सिंगापुरमा जारी एसियन

    काभा महिला भलिबलको उपाधिका लागि आज इरान र काजकिस्तान भिड्दै

    काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिप  अन्तर्गत काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । काठमाडौंको राष्ट्रिय खेलकुद

    नेपाली एमएमए फाइटर रविन्द्र ढाँट सेमिफाइनलमा

    काठमाडौं । रविन्द्र ढाँट ले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ अन्तर्गत ब्यान्टमवेट विधाको सेमिफाइनलमा स्थान बनाएका छन् । चीनको

    Techie IT