Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारकाठमाडौँ महानगरको नयाँ व्यवस्था: असोज मसान्तभित्र व्यवसाय दर्ता गरे विगतका व्यवसाय कर मिनाहा

    काठमाडौँ महानगरको नयाँ व्यवस्था: असोज मसान्तभित्र व्यवसाय दर्ता गरे विगतका व्यवसाय कर मिनाहा


    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यसअघि दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायलाई लक्षित गर्दै कर छुटको विशेष व्यवस्था लागू गरेको छ। महानगरभित्र जुनसुकै समयदेखि सञ्चालनमा रहेका व्यवसायले २०८३ साल असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षको व्यवसाय कर मिनाहा हुने भएको हो।

    महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐन अनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण गरी दर्ता तथा नवीकरण शुल्क निर्धारण गरिएको छ। व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रलाई आधार मानेर करको दर तय गरिएको महानगरले जनाएको छ।

    यसअघि आर्थिक वर्ष २०७२/७३ लाई करको आधार वर्ष मानिएकोमा नयाँ ऐनले २०७९/८० लाई आधार वर्षका रूपमा कायम गरेको छ। साथै, २०८३ असोज मसान्तभित्र व्यवसाय दर्ता गरे १० प्रतिशत शुल्क छुट दिइनेछ। तोकिएको समयपछि दर्ता गरे एक हजार रुपैयाँ अतिरिक्त जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

    आर्थिक ऐनले व्यापार, परामर्श, उद्योग, कृषि, होटल तथा पर्यटन, सञ्चार, वित्तीय सेवा, स्वास्थ्य, शिक्षा, मर्मत सम्भार, निर्माण र अन्य सेवा गरी १२ विधामा व्यवसाय वर्गीकरण गरेको छ।

    नयाँ दरअनुसार क्यासिनोले सबैभन्दा बढी ३ लाख रुपैयाँ, पाँचतारे होटलले १ लाख रुपैयाँ, टेलिकम सेवा प्रदायकले १ लाख रुपैयाँ, मेडिकल कलेजले ३ लाख रुपैयाँ तथा वाणिज्य बैंकको केन्द्रीय कार्यालयले १ लाख रुपैयाँ व्यवसाय कर तिर्नुपर्नेछ।

    सञ्चार क्षेत्रतर्फ अनलाइन समाचार पोर्टलका लागि ५ सय रुपैयाँ, स्थानीय पत्रिकाका लागि १ हजार रुपैयाँ र राष्ट्रिय पत्रिकाका लागि २ हजार रुपैयाँ व्यवसाय कर तोकिएको छ।

    महानगरले सबै व्यवसायीलाई तोकिएको समयभित्र व्यवसाय दर्ता तथा कर तिरेर कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। आर्थिक ऐनको सूचीमा समावेश नभएका व्यवसायको कर दर भने राजस्व समितिको सिफारिसमा प्रमुखबाट स्वीकृत गरी निर्धारण गरिने व्यवस्था गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT