Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १५ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ

    नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ


    काठमाडौँ । नेप्से परिसूचक आज सोमबार २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ । आजको कारोबारमा बजारमा सकारात्मक माहोल देखिएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको हो ।

    आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक हरियो भएका छन् । बजारमा जलविद्युत, बैंकिङ, विकास बैंक, होटल तथा अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो ।

    कारोबारका क्रममा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९.०१ प्रतिशतले बढेको छ भने सुपर खुदी हाइड्रोपावरको शेयर ८.३२ प्रतिशतले उकालो लागेको छ ।

    यता, बुंगल हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा बढी घाटा व्यहोरेका छन् । कम्पनीको शेयर मूल्य आज १०.३२ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज आउँदै आगामी आर्थिक वर्षको बजेट, २२ खर्बसम्मको आकार हुने…

    काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

    वीरगञ्ज नाकाबाट १० महिनामा रु १ खर्ब ८१ अर्बको पेट्रोलियम…

    वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु १ खर्ब ८१ अर्ब ७० करोड बराबरका

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला

    सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका…

    काठमाडौं , जेठ ११ /दक्षिणकाली नगरपालिका–५ महाकालमा २० दिने महिला सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश

    नेप्सेमा हरियाली, सूचक १६ अंकले बढ्यो

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से १६.३८ अंकले

    सुनमा १८ सय र चाँदीमा ९० रुपैयाँ वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १८ सय

    Techie IT