काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।सन्दीपले सामाजिक संजालमार्फत् बुधबार उक्त निर्णय लिएको सार्वजनिक गरेका हुन् ।
सन्दीपको सो स्ट्याटसमा उनी क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको उल्लेख छ । उनले आफ्नो क्षमता अभिवृद्धिमा क्यानको सहयोगको स्मरण गर्दै यो निर्णयले आफ्नो क्रिकेटप्रतिको लगाव कम नहुने पनि उल्लेख गरेका छन् । उनले यो निर्णयका लागि धेरै सोचेको समेत स्पष्ट पारे । सन्दीपले यसलाई आफ्नो व्यक्तित्व र पेशागत जीवन सुधारतर्फको एउटा पाइला रहेको सामाजिक सञ्जालमा उल्लेख गरे ।उनले क्यानलाई निरन्तर साथका लागि धन्यवादसमेत दिए । क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि उनी नेपालबाट खेल्ने प्रष्ट पारेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले पनि सन्दीपको सो निर्णय आएको पुष्टि गरो छन् । क्यानले यस विषयमा छलफल गरेर निर्णय लिने पनि उनले बताए ।
नियमित नेपाल क्रिकेट टिमबाट खेल्दै आएका सन्दीपले २१ वर्षको उमेरमा नै नेपाली टिमको कप्तानी गर्ने अवसर पाएका थिए । तर, यौन दुर्व्यवहारको मुद्दामा उनी मुछिएपछि उनलाई क्यानले निलम्बन गरेको थियो । पछि उच्च अदालतबाट साफइ पाएपछि उनी पुनः राष्ट्रिय क्रिकेट टिममा छन् ।
यस निर्णयपछि पनि आफू राष्ट्रिय टोलीका लागि नियमित रूपमा खेलिरहने उनले स्पष्ट पारेका छन् । “जीवन यात्रामा कहिलेकाहीं केही निर्णयहरू दुरी होइन, उद्देश्य र आत्मविकासबाट उत्पन्न हुन्छन्,” उनले लेखेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस