नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगत वर्षमाझैँ यो बर्ष पनि कार्यक्रमको समापनका अवसरमा स्वास्थ्य अनुसन्धान पत्रकारिता १ जना नेपाली पत्रकार र अध्य विधाका १३ वटा पुरस्कारहरु प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन काठमाडौँमा
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन बिहीबार देखि काठमाडौँमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा उक्त सम्मेलन हुन भएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन : दिगो र समातामूलक भविष्यका लागि उत्थानशील स्वास्थ्य प्रणाली भन्ने विषयमा बहस र छलफल गरिएको छ।सोल्टी होटेलमा आयोजित सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अनुसन्धनकर्ताका निष्चित निष्कर्षबाट नीति बन्नुपर्ने बताएका छन् ।यस सम्मेलनको थिममा आउने वातावरणिय परिवर्तन स्वास्थ्यका समस्याबारे एउटा निग्कर्ष सहितको मार्ग चित्र दिन सकोस भन्दैे कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।
उनले स्वास्थ्य र जनसङ्ख्यामा आधारित अनुसन्धान प्रवद्र्धन, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रिया सुदृढ गर्नु र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीचको सहकार्यलाई बलियो बनाउनु सम्मेलनको उद्देश्य रहेको बताइन ।
उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरु प्रत्यक्ष रुपमा १ हजारको हाराहारीमा उपस्थित हुने र केही वक्ताले भर्चुअल माध्यमबाट पनि प्रस्तुति दिने जानकारी भएको छ ।जसमा भारत, चीन, युनाइटेड किङडम, स्विट्जरल्यान्ड, जर्मनी, अमेरिकालगायत अन्य देशका विज्ञहरूको भौतिक सहभागिता रहेका छन । सम्मेलनमा स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने
