Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो


    काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६ सय ६२ दशमलव ९१ अंकमा झरेको छ ।अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले ओरालो लागेको छ ।

    परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएको हो।

    यि बाहेक बाँणिज्य बैंक समूहको सूचक भने एक दशमलव ७५ अंकले घटेर १३ सय ६२ दशमलव ९६ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि २६ दशमलव ६६ अंकले घटेर पाँच हजार छ सय ७० दशमलव १० अंकमा झरेको छ ।

    जलबिद्युत समूहको सूचक पनि ३६ दशमलव ७३ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७० दशमलव ४१ अंकले घटेर १२ हजार छ सय ८८ दशमलव ७२ अंकमा झरेको छ ।उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।

    समग्रमा, साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    वाणिज्य विभागद्धारा छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ

    ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर

    काठमाडौँ।बाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् ।२० वटा बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन्, १० वटाको

    आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ

    Techie IT