सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम
काठमाडौँ । नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३० कम्पनिका एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, निर्जीव वीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा कुल ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर किनबेच भएका छन् । यसबाट कुल कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ । बजारमा कुल ९१ हजार ६१ पटक कारोबार भएको छ ।
यसदिन ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आ त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।
एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ५ पश्चिमी न्यून चापीय प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना
- ६ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि
- ७ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स

तपाईको प्रतिक्रिया दिनुहोस