Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारखोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी

    खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी


    काठमाडौं, १८ साउन, टोखा नगरपालिका–११ मा खोलाको मापदण्ड पालना नगरी निजी जग्गामाथि सडक निर्माण गरिएको आरोप लगाउँदै प्रभावित जग्गाधनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
    पीडित जग्गाधनीहरुले टोखा नगरपालिका–११ का वडा अध्यक्ष घनश्याम खड्काले नेपाल सरकारले निर्धारण गरेको खोला किनारको मापदण्ड २०६५ अनुसार नापजाँच, जग्गाधनीको सहमति तथा सर्जमिन मुचुल्का नगरी निजी जग्गामा सडक निर्माणको काम अघि बढाएको आरोप लगाएका छन्। उनीहरूले नगरपालिका र वडा कार्यालयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको दाबी गरेका छन्।
    उजुरीअनुसार साविक गोगबु गाविस–८ अन्तर्ग रहेका विभिन्न कित्ताका जग्गा २०२१ सालको नापीअनुसार कायम रहेको, नक्सापास भई नियमित रूपमा राजस्वसमेत तिर्दै आएको अवस्थामा खोलाको मापदण्ड देखाएर जग्गा अतिक्रमण गरिएको आरोप लगाइएको छ।
    जग्गाधनीले नेपाल सरकारको २०६५ मङ्सिर १ गतेको निर्णयअनुसार बागमती, विष्णुमती र मनोहरा नदीको नापी नक्साको किनारबाट २० मिटर दूरी कायम गरेपछि मात्रै करिडोर सडक निर्माण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त मापदण्ड पालना नगरी सडक निर्माण सुरु गरिएको दाबी गरेका छन्।
    उनीहरूले सडक निर्माणका लागि आवश्यक बजेट स्वीकृत, ठेक्का प्रक्रिया तथा कानुनी प्रक्रिया पूरा नगरी काम अघि बढाइएको आरोपसमेत लगाएका छन्। वडा तहदेखि नगरपालिकासम्म आफ्ना गुनासोको सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
    अख्तियारमा दर्ता गरिएको निवेदनमा टोखा नगरपालिकाका प्रमुख, वडा नं. ११ का वडा अध्यक्ष  घनश्याम खड्का तथा सम्बन्धित प्राविधिक कर्मचारीले आपसी मिलेमतोमा कानुनविपरीत सडक निर्माण गरी आर्थिक अनियमितता गरेको आशङ्का व्यक्त गरिएको छ। साथै, विवादित निर्माण कार्य तत्काल रोक्न, घटनाको प्राविधिक छानबिन गर्न तथा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।
    उजुरीसँगै विवादित जग्गाको तस्बिर, नापी नक्सा तथा काठमाडौं उपत्यका नगर विकास समितिले जारी गरेको पत्रको प्रतिलिपिसमेत आयोगमा पेस गरिएको पीडित पक्षले जनाएको छ। नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसारको जग्गा छोड्न सम्पूर्ण जग्गा धनीहरु मञ्जुर रहेको उनीहरूले बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT